सिटीले जित्दा चेल्सी र आर्सनल अङ्क बाँड्न बाध्य

person explore access_timeमाघ ८, २०७६ chat_bubble_outline0

इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले जित्दा चेल्सी र आर्सनलले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

मङ्गलबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई उसैको मैदानमा १–० गोलले हरायो । अर्को खेलमा १० खेलाडीमा समेटिएको आर्सनलले चेल्सीलाई २–२ गोलको बराबरीमा रोक्दै अङ्क बाँडेको हो ।

सिटीको किठन जितमा सर्जियो अग्युरोले निर्णयक गोल गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अग्युरोले ७३ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । सिटीले पहिलो हाफमै पाएको पेनाल्टी मिस गर्दा जितको लागि निकै संघर्ष गर्नु परेको थियो । सिटीका ग्याब्रियल जिससको सेफिल्डका गोलरक्षक डेन हेन्डरसनले बचाएका थिए । जितसँगै दोस्रो स्थानमा रहेको सिटीले २४ खेलबाट ५१ अंक बनाएको छ । सिटी शीर्ष स्थानमा आसिन लिभरपुलभन्दा १३ अंकले पछाडी छ । ३३ अंक बनाएको सेफिल्ड सातौँ स्थानमा छ ।

यसैगरी रोमाञ्चक अर्को खेलमा चेल्सीले दुईपटक अग्रता  लिएपनि जोगाउन सकेन । चेल्सीको घरेलु मैदानमा आर्सनल २६ औँ मिनेटमै १० खेलाडीमा समेटिएको थियो । चेल्सीका टमी अब्राहमलाई आर्सनलका डेविड लुइजले डिबक्स भित्र लडाएपछि लुइजले रातो कार्ड पाएका थिए । सोही फलमा प्राप्त पेनाल्टीलाई चेल्सीका जर्जिन्होले सदुपयोग गरे । ६३औँ मिनेटमा आर्सनलका ग्याब्रियल मार्टिनेलीले काउन्टर प्रहारमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८४औँ मिनेटमा चेल्सीले पुनः अग्रता बनायो ।

चेल्सीका सेजर एजपिलीक्वेटाले गोल गरे । उनले कलुम हड्सन ओडोईको पासमा गोल गरेका थिए । त्यसपछि आर्सनलका हेक्टर बेलेरीनले ८७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै २४ खेलबाट ४० अंक बनाएको चेल्सी चौथो स्थानमा यथावत छ । ३० अंक बनाएको आर्सनल १०औं स्थानमा छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टनले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।