अस्ट्रेलियाको स्थानीय चुनावमा नेपाली युवाको उम्मेदवारी
टुउम्बा– अस्ट्रेलियामा आगामी मार्च २८मा हुन गइरहेको स्थायिन निर्वाचनका लागि एक नेपाली युवाले आफ्नो उम्मेदवारी दिएका छन् ।
अस्ट्रेलियाको टुउम्बा क्विन्सल्याण्ड राज्यको टुउम्बा काउन्सिल उम्मेदवारको रुपमा एकराज अधिकारीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
विगत ११ वर्षदेखि अस्ट्रेलियाको टुउम्बा क्विन्सल्याण्डमा बसोबास गर्दै आएका एकराज अधिकारीले टुउम्बा परिषदमा आफ्नो उम्मेदवारी दिएको जानकारी दिएका छन् ।
उम्मेदवारी दिए लगत्तै एक भिडियो जारी गर्दै अधिकारीले टुउम्बा राज्यको विकासका लागि युवा सहभागितालाई प्रोत्साहित गर्न आफू लागि पर्ने पनि जनाएका छन् ।
अस्ट्रेलियाको एक ठूलो सहर टुउम्बा १३ हजार स्क्वायर किलोमिटरमा फैलिएको छ । जहाँ एक लाख ५० हजार जनसंख्याबाट एक जना मेयर सहित १० जना परिषद सदस्य निर्वाचनबाट चुनिने छन् ।
अधिकारीले उक्त राज्यमा नेपाल र नेपालीलाई चिनाउन, नेपालको कला तथा संस्कृतिको प्रचार प्रसार गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् । २०१९ मा भएको टुउम्बा भाषा तथा संस्कृतिक महोत्सवमा २५ हजारको सहभागिता गरेको थियो जहाँ नेपाली कला संस्कृतिको प्रचार प्रसार पनि गरिएको थियो जसको अध्यक्षता अधिकारीले नै गरेका थिए ।
अधिकारी नेप्लिज एसोसियशन अफ नेपालका अध्यक्ष समेत हुन् । अधिकारी दुई छोरी र श्रीमतिका साथ अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजीनामा नदिएको भए उपेन्द्र यादवलाई गलहत्त्याएर निकालिन्थ्यो : माधव नेपाल
-
बारामा स्वास्थ्य बीमा कार्यक्रम : अस्पतालमा औषधि छैन, डाक्टरको सेवा पनि पाइँदैन
-
तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक, तस्बिरहरू
-
नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित
-
पूर्वराजा शाह ललितपुर आउने
-
अनलाइनमार्फत ४७ लाख ठगेको आरोपमा युवती पक्राउ