चितवन राष्ट्रिय निकुञ्ज घुम्दै राजकुमारी
चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिड यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै छिन् । बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो ।
साँझ नै प्रदेश सरकारको आतिथ्यतामा एस्ट्रिडलाई रात्रिभोज दिइएको थियो । सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले राजकुमारी एस्ट्रिडलाई चितवन राष्ट्रिय निकुञ्जसँगै प्रदेशका पर्यटकीय क्षेत्रका बारेमा अवगत गराएका थिए ।
मन्त्रीका स्वकीय सचिव नवराज पुडासैनीका अनुसार भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै प्रदेश सरकारको आतिथ्यतामा राजकुमारीलाई यहाँ भ्रमण गराउने प्रबन्ध मिलाइएको छ । रात्रिभोजमा महानगरपालिकाका प्रमुख रेणु दाहाल, राजकुमारी एस्ट्रिडका श्रीमान् लोरेन्जसहित विभिन्न व्यक्ति, सङ्घीय सरकारका पर्यटन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापालगायतको उपस्थिति रहेको पुडासैनीले जानकारी दिए ।
राजदूत थापाका अनुसार राजकुमारी एस्ट्रिडसहित बेल्जियमबाट आएको उच्च अधिकारीको समूहको आज दिनभर निकुञ्जमा निजी भ्रमण रहेको छ । डुङ्गा सयर, जीप सयरलगायतका गतिविधिमा राजकुमारी सहभागी भई वन र वन्यजन्तुको अवलोकन गर्ने निजी कार्यक्रम रहेको उनले बताए । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी, ठूला र आकर्षक तालतलैया देख्न सकिन्छ ।
निजी भ्रमण भएकाले सरकारी अधिकारीले राजकुमारीको भ्रमणका बारेमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । राजकुमारी एस्ट्रिड एक साताका लागि नेपाल भ्रमणमा आएका हुन् । शुक्रबार काठमाडौँ फर्किएर शनिबार त्यहाँबाट बेल्जियम फर्कने कार्यक्रम छ । उनी जनवरी १९ तारिखमा नेपाल आएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालक कारबाही
-
पेरिस ओलम्पिकका लागि स्यान्टु छनोट
-
उथलपुथलको पाँचौँ शृङ्खलामा ‘ग्रिस क्रान्ति’ : साम्राज्यवादविरुद्ध विश्वलाई नयाँ सन्देश दिएको त्यो क्रान्ति
-
एमाले रुपन्देहीको अधिवेशन सर्यो
-
सन्दीपको निलम्बन फुकुवा
-
ललितपुर मेयर्स कप क्रिकेट : एपिएफ एक खेल अगावै फाइनलमा