भ्लादिमिर पुटिनको प्रस्ताव छलफलै नगरी संसदबाट पारित
एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पेस गरेको संविधान पुनर्संरचनासम्वन्धी प्रस्तावलाई सांसदहरूले छलफल विना नै पारित गरिदिएका छन् । बिहीबार बसेको संसद बैठकबाट दुई घण्टाभन्दा कम समयमै सो प्रस्ताव निर्विरोध पारित भएको अधिकारीहरूले जनाएका छन् ।
संसदको तल्लो सदनमा रहेका कुल सांसद ४३२ जनामध्ये सबैले प्रस्तावको पक्षमा मतदान गरेको संसदमा घोषणा गरिएको थियो । राष्ट्रपति पुटिनले तीन दिन अगाडि मात्रै संविधान संशोधनको आफ्नो प्रस्ताव संसदमा प्रस्तुत गरेका थिए । ‘यसले हाम्रो शक्तिशाली एकताको सन्देश दिएको छ,’ सभामुख भयाचेस्लाभ भोलोदिनले मतदानपछि भने । बिहीबार भएको मतदान पहिलो चरणको हो भने दोस्रो चरणको मतदान आगामी फेब्रुअरी ११ तारिखमा हुने अपेक्षा गरिएको छ ।
संसदमा राष्ट्रपति पुटिन पक्षधरका सांसदहरु नै अत्यधिक रहेकाले आगामी मतदानबाट पनि उनको प्रस्ताव पारित हुने निश्चित जस्तै रहेको जनाइएको छ । राष्ट्रपति पुटिनले गत हप्ता पुनर्संरचनासम्बन्धी नयाँ प्रस्ताव तयार पारेका थिए भने उनले प्रस्ताव ल्याएसँगै तत्कालिन प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका थिए ।
तत्कालिन प्रधानमन्त्रीले राजीनामा दिएपछि केहीदिनमा उनले नयाँ प्रधानमन्त्री र मन्त्रीहरु समेत नियुक्त गरिसकेका छन् । राष्ट्रपति पुटिनले नयाँ प्रस्ताव गर्नुभएको नयाँ व्यवस्थाअनुसार राष्ट्रपतिसँग रहेका कतिपय अधिकार संसद र राज्यका अन्य विभिन्न निकायहरुलाई दिइने भएको छ । Photo: www.fox44news.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण