भ्लादिमिर पुटिनको प्रस्ताव छलफलै नगरी संसदबाट पारित

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पेस गरेको संविधान पुनर्संरचनासम्वन्धी प्रस्तावलाई सांसदहरूले छलफल विना नै पारित गरिदिएका छन् । बिहीबार बसेको संसद बैठकबाट दुई घण्टाभन्दा कम समयमै सो प्रस्ताव निर्विरोध पारित भएको अधिकारीहरूले जनाएका छन् ।
संसदको तल्लो सदनमा रहेका कुल सांसद ४३२ जनामध्ये सबैले प्रस्तावको पक्षमा मतदान गरेको संसदमा घोषणा गरिएको थियो । राष्ट्रपति पुटिनले तीन दिन अगाडि मात्रै संविधान संशोधनको आफ्नो प्रस्ताव संसदमा प्रस्तुत गरेका थिए । ‘यसले हाम्रो शक्तिशाली एकताको सन्देश दिएको छ,’ सभामुख भयाचेस्लाभ भोलोदिनले मतदानपछि भने । बिहीबार भएको मतदान पहिलो चरणको हो भने दोस्रो चरणको मतदान आगामी फेब्रुअरी ११ तारिखमा हुने अपेक्षा गरिएको छ ।
संसदमा राष्ट्रपति पुटिन पक्षधरका सांसदहरु नै अत्यधिक रहेकाले आगामी मतदानबाट पनि उनको प्रस्ताव पारित हुने निश्चित जस्तै रहेको जनाइएको छ । राष्ट्रपति पुटिनले गत हप्ता पुनर्संरचनासम्बन्धी नयाँ प्रस्ताव तयार पारेका थिए भने उनले प्रस्ताव ल्याएसँगै तत्कालिन प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका थिए ।
तत्कालिन प्रधानमन्त्रीले राजीनामा दिएपछि केहीदिनमा उनले नयाँ प्रधानमन्त्री र मन्त्रीहरु समेत नियुक्त गरिसकेका छन् । राष्ट्रपति पुटिनले नयाँ प्रस्ताव गर्नुभएको नयाँ व्यवस्थाअनुसार राष्ट्रपतिसँग रहेका कतिपय अधिकार संसद र राज्यका अन्य विभिन्न निकायहरुलाई दिइने भएको छ । Photo: www.fox44news.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?