कम मेहनतमा धेरै तौल घटाउने यी ८ सरल तरिका
भागदौडले भरिएको जीवनशैलीमा आफ्नो फिटनेसबारे निकै कम मानिस सजग हुन्छन् । यस्तोमा तौल बढ्ने समस्या हुनथाल्छ । यसबाट बच्नका लागि व्यस्त दैनिकीमा पनि केही टिप्स अपनाएर तौल घटाउन सकिन्छ ।
मनतातो कागती पानीः
बिहान उठ्ने बित्तिकै दैनिक एक गिलास मनतातो कागती पानी पिउनुहोस् । यसले पाचन क्रिया बलियो हुनुका साथै तौल घटाउनमा पनि सहयोग गर्दछ ।
ब्रेकफास्ट अवश्य गर्नुहोस्ः
ब्रेकफास्ट खाने समय जसरी पनि निकाल्नुहोस् । खाना खान ढिला हुँदा पनि यसले शरिरमा ऊर्जाको स्तरलाई कायम राखेको हुन्छ जसका कारण मेटाबोलिजम (फ्याट बर्निङ प्रोसेस) माथि नराम्रो असर पर्दैन ।
स्न्याक्स नखानुहोस्ः
काम गरिरहेका बेला उच्च क्यालोरीयुक्त स्न्याक्स नखानुहोस् । यसले शरिरमा फ्याट कम गर्न सहयोग गर्नेछ ।
सलाद धेरै खानुहोस्ः
दिउँसो जतिबेला खानुहुन्छ सलादको मात्रा धेरै खानुहोस् । यसले पेट चाँडै भरिन्छ जसका कारण हामी अतिरिक्त खानबाट बच्छौं ।
ग्रिन वा ब्ल्याक टी पिउनुहोस्ः
काम गरिरहेका बेला धेरै दुध वा चीनि भएको चिया नखानुहोस् । त्यसको साटो ब्ल्याक वा ग्रिन टी दिनमा दुई वा तीन पटक खानुहोस् । यी दुबैले तौल घटाउन सहयोग गर्दछ ।
पर्याप्त सुत्नुहोस्ः
दिनभरीको काम पछि दैनिक कम्तीमा ७ घण्टा सुत्नुहोस् । यसले भोक बढाउने हर्मोनलाई बढाउँदैन भने तौल घटाउन पनि सहयोग गर्दछ ।
थोरै टहल्ने गर्नुस्ः
अफिस समयमा हरेक एक वा दुई घण्टापछि १० मिनेट टहल्नुहोस् । यसले खाना सही तरिकाले पच्ने गर्दछ भने तौल घट्नेछ ।
तनाव कम लिनुहोस्ः
कामका बेला तनाव कम लिनुहोस् । तनाव धेरै लिँदा शरिरमा भोक जगाउने हर्मोनको स्तरमा वृद्धि हुन्छ । तौल घटाउनका लागि योगा र ध्यानको सहयोग लिनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमन नीतिको मारमा विश्वकप: ट्रम्पसामु लाचार फिफा
-
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण
-
कैलालीमा युवकको कुटपिट गरी हत्या, दुई जना पक्राउ
-
झापामा नक्कली प्रहरी बनेर लुटपाट गर्ने दुई जना लागुऔषधसहित पक्राउ
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
आज अन्तर्राष्ट्रिय सभ्यताबिच संवाद दिवस मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण