छायामा अशोक राई

२०६५ सालमा रुपन्देहीको बुटवलमा भएको तत्कालिन नेकपा एमालेको आठौँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका अशोक राई सो पार्टीमा शक्तिशाली नेता मानिन्थे । शालिन, अनुशासित, भद्र र संगठन तथा विचारप्रति प्रतिबद्ध नेताको रुपमा परिचित अशोक राई अहिले भने समाजवादी पार्टीमा छायामा परेका छन् । तत्कालिन एमालेमा केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरुको हैसियत बराबरका नेता मानिएका उनी अहिले समाजवादी पार्टीमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको तल बसेर काम गर्नु परिरहेको छ ।
एमालेमा हुँदा दुई पटक मन्त्रीसमेत बनिसकेका उनी समाजवादी पार्टीमा आएपछि चुनावमा पनि पराजित भए । धरानमा कम्युनिस्ट नेताको रुपमा परिचित अशोक राई प्रतिनिधिसभाको चुनावमा आफू पराजित मात्र भएनन्, मङ्सिर १४ गते भएको उपनिर्वाचनमा समाजवादी पार्टीको जमानत नै जफत भयो । कुनै बेला धरान उपमहानगरपालिकालाई अशोक राईको गढ मानिन्थ्यो । उनको यस्तो लोकप्रियता थियो कि एमालेमा रहँदा २०४८ र २०५१ सालमा खोटाङबाट उनले चुनाव जितेका थिए । अहिले राजनीतिमा उनको व्यक्तिगत पकड कमजोर हुँदै गइरहेको छ ।
२०७४ सालमा सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लडेका राईले प्रतिनिधिसभाको चुनावमा ७७ हजार ९० मतमध्ये २२ हजार १२३ मत ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । उनलाई काँग्रेस पार्टीले पनि साथ दिएको थियो । सो क्षेत्रबाट तत्कालिन एमालेका जयकुमार राई तत्कालिन माओवादी केन्द्र र एमाले गठबन्धनबाट चुनाव जितेका थिए । समाजवादी पार्टीका वरिष्ठ नेता राई चुनाव हारेदेखि झनै निस्कृय भएका छन् ।
अशोक राईलाई एमाले पार्टी नछाड्न पटक–पटक आग्रह गरेको स्मरण गर्दै नेता बोहराले भने, ‘अशोकजीले पार्टी छाड्दा मैले उहाँसँग गरेको काम, घुमेको ठाउँ र संघर्ष गरेको कुराको स्मरण गराएको थिएँ । मैले यतिसम्म भनेको थिएँ कि यदि मेरो माया लाग्छ भने पार्टी छाडेर नजानुस् । उहाँले त्यतिबेला भावुक हुँदै भन्नुभएको थियो – तपाईको माया त लाग्छ, पार्टी नछाडौँ जस्तो पनि लाग्छ तर के गरौँ जानुपर्ने नै स्थिति आएको छ ।’
हुन त २०६९ मङ्सिर ७ गते तत्कालिन एमाले छाडेर संघीय समाजवादी पार्टी नेपाल गठन गरेका उनी आफ्नो दललाई २०७० सालको दोस्रो संविधानसभा चुनावको ६५ सीटमा उम्मेदवारी दिन लगाएका थिए तर त्यतिबेला एउटा पनि सीट जित्न सकेका थिएनन् । यद्यपी समानुपातिकबाट ५ वटा सीट ल्याउन भने सफल भएका थिए र उनी आफू पनि समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए ।
तर, प्रतिनिधि सभा र प्रदेशसभा चुनावसम्म आइपुग्दा अवस्था बदलिएको छ । फोरम नेपालसँग एकीकरण गर्न अघि अशोक राई नेतृत्वको पार्टीको जुन हैसियत थियो, एकीकरणपछि त्यो कमजोर हुँदै गयो । अहिले त स्वयम् अशोक राई नै गुमानाम हुने अवस्थामा पुगेको विश्लेषण भइरहेको छ ।
नेकपा स्थायी कमिटीका सदस्य अमृत बोहराले भन्छन्, ‘अशोक राईलाई मैले नै सदस्यता दिएर राजनीतिमा ल्याएको हुँ । त्यो कुरा उहाँले पनि बेलाबेलामा भन्नुहुन्छ । उहाँ जतिको नेता पार्टी छाडेर जानु हुँदैन्थ्यो । पार्टीमा उहाँको आवश्यकता खड्किरहेको छ ।’
अशोक राईलाई एमाले पार्टी नछाड्न पटक–पटक आग्रह गरेको स्मरण गर्दै नेता बोहराले भने, ‘अशोकजीले पार्टी छाड्दा मैले उहाँसँग गरेको काम, घुमेको ठाउँ र संघर्ष गरेको कुराको स्मरण गराएको थिएँ । मैले यतिसम्म भनेको थिएँ कि यदि मेरो माया लाग्छ भने पार्टी छाडेर नजानुस् । उहाँले त्यतिबेला भावुक हुँदै भन्नुभएको थियो – तपाईको माया त लाग्छ, पार्टी नछाडौँ जस्तो पनि लाग्छ तर के गरौँ जानुपर्ने नै स्थिति आएको छ ।’
अशोक राईको साथ छाडेर नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष भएका रिजवान अन्सारी भन्छन्, ‘अशोक राई वास्तवमा भद्र, अनुशासित र विचारप्रति प्रतिबद्ध नेता हुनुहुन्छ, उहाँको विचार, राजनीतिक मिसनबाट प्रभावित भएर नै मैले पनि एमाले पार्टी छाडेको थिएँ । जब फोरम नेपालसँग वहाँले एकीकरण गर्नुभयो, उपेन्द्र यादवको व्यवहारले गर्दा मलाई त्यहाँ बस्न उचित लागेन । राईको साथ बाध्य भएँ ।’
अशोक राई निष्ठावान, विचार र सिद्धान्तप्रति प्रतिबद्ध नेता रहेको बताउँदै नेता बोहराले उनलाई पार्टीमा अवसरहरु पनि दिएको जिकिर गरे । ‘मन्त्री बनाएकै हो । पार्टीमा विभिन्न पदमा राखेकै हो । उहाँभन्दा पुराना नेताहरुले केही पाएका थिएनन् । तर वहाँले धेरै कुरा पाउनुभएको थियो,’ बोहराले भने ।
केही कुरामा चित्त नबुझेको भए पनि त्यसका लागि पार्टीमै संघर्ष गर्नुपर्ने बताउँदै बोहराले भने, ‘पार्टीको पनि केही कमजोरी भए होलान् । तर, पार्टी र संगठनप्रति त्यस्तो जिम्मेवार व्यक्ति पार्टी छाडेर जान हुँदैन थियो ।’
अहिले समाजवादी पार्टीमा उनको भूमिका, सक्रियता, प्रभावकारिता कसैबाट नलुकेको बताउँदै बोहराले उनले केका लागि पार्टी छाडेको हुन् भन्ने प्रश्न खडा भएको बताए ।
तत्कालिन एमालेबाट अलग भएर संघीय समाजवादी पार्टी नेपाल गठन गरेका अशोक राईले चार वर्षपछि उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालसँग २०७२ जेठ २२ गते एकीकरण गरी संघीय समाजवादी फोरम नेपाल गठन गरेका थिए । तर, यादवको पार्टीसँग एकीकरण गरेपछि उनलाई साथ दिएका नेताहरुले भटाभट पार्टी छाडेका थिए ।
अशोक राईसँगै एमाले छाडेका गोपाल ठाकुरको बुझाइ भने अन्सारीभन्दा फरक छ । उनी भन्छन्, ‘जुन उद्देश्यका साथ अशोक राईले एमाले पार्टी परित्याग गरेर संघीय समाजवादी पार्टी बनाएका थिए, त्यसको अनुभूती मलाई त्यहाँ भएको थिएन । अशोक राईले एमाले जस्तै पार्टी चलाउन खोज्नुभएको थियो । पार्टीमा कुनै निर्णय गर्दा वहाँ साह्रै कमजोर पर्नुहुन्थ्यो । अर्थात् अशोक राई आफै समस्याग्रस्त नेता हुनुहुन्थ्यो । त्यही भएर मैले वहाँको साथ छाडेर हिडेको हुँ ।’
रिजवान अन्सारी, वीरबहादुर लामासहितका नेताहरुले पार्टी छाडेर छुट्टै पार्टी बनाए भने केशव स्थापित, गोपाल ठाकुर, विजय सुब्बा, अजम्बर राईजस्ता नेताहरुले पनि उनको साथ छाडेका थिए । अशोक राईको साथ छाडेर नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष भएका रिजवान अन्सारी भन्छन्, ‘अशोक राई वास्तवमा भद्र, अनुशासित र विचारप्रति प्रतिबद्ध नेता हुनुहुन्छ, उहाँको विचार, राजनीतिक मिसनबाट प्रभावित भएर नै मैले पनि एमाले पार्टी छाडेको थिएँ । जब फोरम नेपालसँग वहाँले एकीकरण गर्नुभयो, उपेन्द्र यादवको व्यवहारले गर्दा मलाई त्यहाँ बस्न उचित लागेन । राईको साथ छाड्न बाध्य भएँ ।’ अशोक राई अहिले पनि आफ्नो लागि सम्मानित व्यक्ति रहेको बताउँदै उनले उपेन्द्र यादवको साथ लागेर छायाँमा परेको अन्सारीले टिप्पणी गरे । ‘अशोक राई जस्तो व्यक्तित्वले उपेन्द्र यादव जस्तो ‘प्राइभेट लिमिटेड पार्टी’ चलाउने व्यक्तिसँग एकीकरण गरेर आफ्नो पहिचान समाप्त पारे,’ उनले भने ।
एमालेबाट अलग भएर बनाएको संगठनको साख अहिलेको समाजवादी पार्टीसम्म आउँदा सकिएको दाबी गर्दै उनले हिमाल र पहाडले उपेन्द्र यादवको नेतृत्वलाई अझै अनुमोदन नगरेको टिप्पणी गरे । उपेन्द्र यादवको नेतृत्वलाई अनुमोदन नगरेकै कारण अशोक राईको व्यक्तित्व, पकड रसंगठन विस्तारै हराउँदै गएको उनको विश्लेषण छ ।
तर अशोक राईसँगै एमाले छाडेका गोपाल ठाकुरको बुझाइ भने अन्सारीभन्दा फरक छ । उनी भन्छन्, ‘जुन उद्देश्यका साथ अशोक राईले एमाले पार्टी परित्याग गरेर संघीय समाजवादी पार्टी बनाएका थिए, त्यसको अनुभूती मलाई त्यहाँ भएको थिएन । अशोक राईले एमाले जस्तै पार्टी चलाउन खोज्नुभएको थियो । पार्टीमा कुनै निर्णय गर्दा वहाँ साह्रै कमजोर पर्नुहुन्थ्यो । अर्थात् अशोक राई आफै समस्याग्रस्त नेता हुनुहुन्थ्यो । त्यही भएर मैले वहाँको साथ छाडेर हिडेको हुँ ।’
गोपाल ठाकुर अशोक राईको साथ छाडेर मातृका यादव नेतृत्वको तत्कालिन माओवादीमा प्रवेश गरेका थिए । पछि सो पार्टीले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग एकीकरण गरेको थियो । हाल ठाकुर नेकपाका केन्द्रीय सदस्य हुन् ।
‘अशोक राईले एमालेमा हुँदा आदिवासी जनजाति, मधेशी, उत्पीडित समुदायका लागि जुनस्तरमा कुरा राख्ने गर्नुहुन्थ्यो, त्यसैबाट प्रभावित भएर मैले उनको साथ दिँदै पार्टीबाट निकस्केको थिएँ,’ ठाकुरले भने, ‘ पछि वहाँले पनि एमालेपथमा नै पार्टी सञ्चालन गर्न थालेपछि साथ छाडेँ ।’ अहिले नयाँ पार्टीमा उनको अवस्थाबारे आफू जानकार नभएको ठाकुरले बताए ।
कम्युनिस्ट सिद्धान्त अपूरो भन्दै पहिचानको राजनीति शुरु गरेका राईले आफ्नो नयाँ पार्टीलाई स्थापित गर्न नसकेको र पहिचानको राजनीतिलाई पनि स्पष्ट दिशा दिन नसकेको टिप्प्णीहरु भइरहेका छन् ।
पार्टीमा पहिले उपेन्द्र यादव मात्र उनका नेता थिए अब डा.बाबुराम भट्टराई पनि थपिएका छन् । मधेशी कोणबाट पार्टीमा उपेन्द्र यादवको दबदबा छ भने अन्य खस समुदायको कोणबाट डा. भट्टराईको दबदबा रहेको छ । राई पार्टीमा एउटा रबर स्टाम्पमा सिमित बनेका छन् । अहिले उनले पार्टी मा हुने कुनै गतिविधिको बारेमा प्रतिकृया पनि देखाउँदैनन् । कुनै विषयमा राय चाहिए उपेन्द्र यादव र डा.भट्टराईलले राईसँग सोध्छन्, नत्र त्यो पनि सोध्दैनन् ।
पार्टीका केन्द्रीय सदस्य सन्तोष सिलवाल भन्छन्, ‘अशोक राईको यो बानी आजको होइन । पहिलादेखि नै वहाँको बानी कसैको कामलाई हस्तक्षेप नगर्ने रहेको छ । पार्टीमा कुनै विषयमा हस्तक्षेप गर्ने बानी उहाँको छैन । यदि पार्टीले सोध्यो भने जवाफ दिनुहुन्छ, केही भन्नुहुन्छ नत्र त्यति मतलब राख्नुहुन्न ।’
उनी आफू पनि कम बोल्ने, पार्टीको सिद्धान्त, विचार र निष्ठाप्रति प्रतिबद्ध रहने र नेता तथा कार्यकर्तालाई त्यही कुरा सिकाउने खालका नेता रहेको केन्द्रीय सदस्य सिलवालको दावी छ । ‘पछिल्लो समय पार्टीमा अन्य नेताहरु आएको कारण पार्टीको काममा त्यति समय दिनुहुन्न तर वहाँको संगठन, व्यक्तित्व जस्ताको त्यस्तै रहेको छ,’ उनले भने, ‘चुनाव भन्ने कुरा हारजीतको खेल हो । यसमा कोही हार्छ कोही जित्छ, त्यसलाई आधार बनाएर कसैको मूल्याङ्कन गर्नुहुँदैन जस्तो लाग्छ ।’
‘शाक्तिशाली पार्टी हौँ, अब सबै यतै समाहित हुनुपर्छ भन्ने हो भने संविधान त्यो अनुसार किन बनाएको ? संविधानमा बहुदलीय प्रणाली किन राखेको ?,' उनले प्रश्न गरेका थिए । देशको तेस्रो ठूलो दलको रुपमा आफ्नो पार्टी अहिले पनि रहेको भन्दै उनले कसैले अपमान गर्ने अवस्थामा नरहेको बताए । प्रचण्डले आफ्नो मार्यादाको सीमा नाघेको पनि आरोप लगाउँदै उनले प्रचण्डलाई पनि आफ्नो विगत हेर्न सुझाव दिए ।
समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका रकम चेम्जोङ्गले अशोक राई छायामा परेको वा निस्कृय भएको कुरालाई स्वीकार गर्दैनन् । उनी भन्छन्, ‘अशोक राईले पार्टीमा पाउनुभएको जिम्मेवारी पूरा गरिनैरहनु भएको छ । कार्यक्रमहरुमा गइरहनुहुन्छ । अरु नेता जस्तो मिडियामा नआएको कारण त्यति चर्चा हुँदैन तर उहाँ अझै सक्रिय नै हुनुहुन्छ ।’
‘संगठनको अवस्था सधैँ एकनासको हुँदैन, सक्रियता पनि एकनासको हुँदैन । एमालेमा वहाँको जुनखालको सक्रियता थियो, त्यो अहिले न हुनसक्छ,’ उपाध्यक्ष चेम्जोङले नेताको सक्रियता र प्रभाव सधैँ एकखालको नहुने जिकिर गरे, ‘अशोक राइको पक्षमा त्यही भएको हुनसक्छ ।’
२०३३ सालमा तत्कालिन कोर्डिनेशन केन्द्रका नेता अमृत बोहराबाट पार्टी सदस्यता लिएर राईले आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । अहिले पनि नेकपामा खासगरि पूर्वएमाले समूहमा अशोक राईको आवश्यकता खड्किरहेको नेताहरु बताउँछन् । एमालेबाट उनलाई पार्टीमा फर्काउने प्रयास नभएको पनि होइन । नेता सिलवालका अनुसार नेकपाका अध्यक्ष केपी शर्मा ओलीले समेत उनलाई पार्टीमा आग्रह गरेका थिए । तर, राई आफ्नो विचार र लाइनमा प्रतिबद्ध भएको कारणले पार्टीमा पुनः फर्किने कुराको बारेमा कहिले सोचेनन् ।
माघ ८ गते समाजवादी पार्टीबाट आएका केही नेतालाई नेकपामा भित्र्याउँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेका थिए, ‘अशोक राई र डा. बाबुराम भट्टराई त्यहाँ बडो निरिह अवस्थामा बस्नुभएको छ, बडो अप्ठ्यारो अवस्थामा हुनुहुन्छ । वहाँ यहीँ आएर मिल्दा राम्रो हुन्छ ।’ अब अलग–अलग चुल्हो चौका लगाएर केही नहुने टिप्पणी गर्दै उनले सबैले मिलेर देशलाई नयाँ युगतिर लैजाउ भनि आह्वान पनि गरेका थिए ।
त्यसको ठीक दुई दिनपछि अशोक राईले प्रचण्डले भनेको कुरालाई जवाफ दिएका छन् । माघ १० गते समाजवादी पार्टी अन्तर्गतको मधेश प्रदेश सम्पर्क विशेष जिल्ला समितिको एकता समायोजन कार्यक्रममा बोल्दै वरिष्ठ नेता अशोक राईले प्रचण्डले भनेको कुरा ‘तुच्छ कुरा’ रहेको प्रतिकृया दिएका छन् ।
उनले भने, ‘अशोक राई र बाबुराम भट्टराई किन निरिह भएर बसिरहने, उपेन्द्र यादव किन अलग चुल्हो चौकामा अल्झिनुभएको छ भन्ने जुन कुरा प्रचण्डले भन्नुभएको छ, त्यो उहाँका लागी सुहाउने कुरा होइन ।’
‘शाक्तिशाली पार्टी हौँ, अब सबै यतै समाहित हुनुपर्छ भन्ने हो भने संविधान त्यो अनुसार किन बनाएको ? संविधानमा बहुदलीय प्रणाली किन राखेको ?,' उनले प्रश्न गरेका थिए । देशको तेस्रो ठूलो दलको रुपमा आफ्नो पार्टी अहिले पनि रहेको भन्दै उनले कसैले अपमान गर्ने अवस्थामा नरहेको बताए । प्रचण्डले आफ्नो मार्यादाको सीमा नाघेको पनि आरोप लगाउँदै उनले प्रचण्डलाई पनि आफ्नो विगत हेर्न सुझाव दिए । प्रचण्डले बोल्ने भाषा पञ्चहरुले बोल्ने भाषा रहेको पनि उनले टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए एकता महाधिवेशनसम्बन्धी रिपोर्ट परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
-
अब प्रदीप नेपाल सम्झनामा मात्रै, पशुपतिमा अन्तिम बिदाइ (फोटोफिचर)
-
गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइन : देउवा
-
आर्मी र गण्डकी राष्ट्रिय पुरूष हक्की प्रतियोगिताको फाइनलमा
-
रोनाल्डोका छोरा पोर्चुगलको यू–१५ टोलीमा समावेश
-
सरकारलाई समाजको वास्तविकता देखाउन खोजी पत्रकारिता जरूरी : सञ्चारमन्त्री