रोनाल्डोका छोरा पोर्चुगलको यू–१५ टोलीमा समावेश
मङ्गलबार, २३ वैशाख २०८२, १९ : १४
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोका जेठा छोरा पोर्चुगलको यु–१५ राष्ट्रिय टोलीका लागि छनोट भएका छन् । १४ वर्षीय क्रिस्टियानो रोनाल्डो जुनियर हाल आफ्नो पितासँगै साउदी अरबको अल नासर क्लबमा आबद्ध रहेका छन् ।
पोर्चुगलका महान् खेलाडी रोनाल्डोले सामाजिक सञ्जालमा राष्ट्रिय टोलीमा छोराको नाम समावेश भएको सूची पोस्ट गर्दै लेखेका छन्, ‘तिमीमाथि धेरै गर्व छ, छोरा !’
रोनाल्डो जुनियरलाई १३–१८ मेसम्म क्रोएसियामा आयोजना हुने युवा प्रतियोगिताको लागि टोलीमा समावेश गरिएको हो । पोर्चुगलले प्रतियोगितामा जापान, ग्रिस र इंग्ल्याण्डको सामना गर्नेछ ।
आफ्नो पितासँगै उनले म्यानचेस्टर युनाइटेड, युभेन्टस र रियल मड्रिडको जुनियर टोलीबाट खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण