बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

रोनाल्डोका छोरा पोर्चुगलको यू–१५ टोलीमा समावेश

मङ्गलबार, २३ वैशाख २०८२, १९ : १४
मङ्गलबार, २३ वैशाख २०८२

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोका जेठा छोरा पोर्चुगलको यु–१५ राष्ट्रिय टोलीका लागि छनोट भएका छन् । १४ वर्षीय क्रिस्टियानो रोनाल्डो जुनियर हाल आफ्नो पितासँगै साउदी अरबको अल नासर क्लबमा आबद्ध रहेका छन् ।

पोर्चुगलका महान् खेलाडी रोनाल्डोले सामाजिक सञ्जालमा राष्ट्रिय टोलीमा छोराको नाम समावेश भएको सूची पोस्ट गर्दै लेखेका छन्, ‘तिमीमाथि धेरै गर्व छ, छोरा !’

रोनाल्डो जुनियरलाई १३–१८ मेसम्म क्रोएसियामा आयोजना हुने युवा प्रतियोगिताको लागि टोलीमा समावेश गरिएको हो । पोर्चुगलले प्रतियोगितामा जापान, ग्रिस र इंग्ल्याण्डको सामना गर्नेछ ।

आफ्नो पितासँगै उनले म्यानचेस्टर युनाइटेड, युभेन्टस र रियल मड्रिडको जुनियर टोलीबाट खेलिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप