पूर्व प्रधानमन्त्री खालिदा जिया बंगलादेश फर्किइन्, राजनीतिक उथलपुथल बढ्ने
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जिया लन्डनमा चार महिनाको उपचार पछि स्वदेश फर्किएकी छन् ।
उनी मंगलबार बिहान हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी हुन् । खालिदा जियासँगै उनकी बुहारी जुबैदा रहमान पनि बंगलादेश फर्किएकी छन् ।
उनकी बुहारी लगभग १७ वर्षपछि बंगलादेश आएकी हुन्। उनीसँग तीन जना निजी डाक्टर पनि थिए ।
उनलाई स्वागत गर्न बीएनपीका नेता तथा कार्यकर्ताहरू विमानस्थल नजिकै ब्यानर, पोस्टर र झण्डा बोकेर उभिएका थिए। खालिदा जिया जनवरी ८ मा उपचारको लागि लन्डन गएकी थिइन् ।
७९ वर्षीया खालिदा जिया कलेजोको सिरोसिस, मिर्गौला समस्या र मुटु रोग जस्ता धेरै रोगबाट पीडित थिइन्। उनलाई उपचारको लागि लन्डनको एक क्लिनिकमा भर्ना गरिएको थियो ।
गत वर्ष अगस्टमा विद्यार्थी आन्दोलनपछि बंगलादेशमा शेख हसिनाको सरकार ढल्यो। त्यसबेलादेखि बंगलादेशमा अन्तरिम सरकारले काम गरिरहेको छ। यस सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस हुन् ।
देशमा चुनाव गराउने र विजयी पार्टीलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी अन्तरिम सरकारको हो, तर धेरै विश्लेषकहरूले चुनाव गराउने अन्तरिम सरकारको प्रतिबद्धतामाथि शंका व्यक्त गरिरहेका छन् ।
मुहम्मद युनुसको अन्तरिम सरकारले चुनावको लागि कुनै मिति घोषणा गरेको छैन। केही सुधार पछि चुनाव हुन सक्ने भनिएको थियो, तर यसको मिति भने खुलासा गरिएको थिएन ।
अब खालिदा जिया बंगलादेश फर्किएपछि अन्तरिम सरकारमाथि चुनाव गराउन दबाब पर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण