आर्मी र गण्डकी राष्ट्रिय पुरूष हक्की प्रतियोगिताको फाइनलमा
काठमाडौँ । नेपाल आर्मी र गण्डकी प्रदेश राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
च्यासल मैदानमा भएको पहिलो सेमिफाइनलमा आर्मीले नव प्रवेशी टोली एपीएफ क्लबलाई ६–० गोलले पराजित गर्यो । आर्मीका कासीराज राईले ह्याट्रिक गरे भने राजेन्द्र कार्कीले २ तथा प्रदीप राजवंशीले १ गोल थपे । आर्मीका देवसिंह धामी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
फाइनल प्रवेशसँगै आर्मी दोहोरो उपाधि जित्ने अभियानमा छ । सोमबार राष्ट्रिय महिला हक्की प्रतियोगितामा आर्मीले गण्डकीलाई नै हराउदै उपाधि जितेको थियो ।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा गण्डकीले नेपाल प्रहरीलाई पेनाल्टी सुटआउटमा २–१ को गोलअन्तरले पाखा लगायो ।
गण्डकीका जोसन राई ‘प्लेयर अफ द म्याच’ चुनिए । निर्धारित समयको खेल गोलरहित सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
सुटआउटमा गण्डकीका संगम घर्ती मगर र अशिम बहिकले गोल गरे । विवेक गुरुङ, कुशल नेपाली र सोनु खान चुके । प्रहरीबाट सुरज बोहरा बाहेक अन्यले अवसरलाई सदुपयोग गर्न सकेनन् ।
नवराज खत्री, सुरेशप्रसाद जोशी, आयुश शाह र सुनिल राणाले गोल गर्न सकेनन् । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण