चिकित्सक नहुँदा सर्पदंश उपचार प्रभावित
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा अत्यावश्यक स्वास्थ्य उपकरण भए पनि तिनलाई सञ्चालन गर्ने दक्ष चिकित्सकको अभावले प्रयोगमा आउन सकेका छैनन् । उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर उपलब्ध भए पनि ती उपकरण झन्डै छ वर्षदेखि थन्किएका छन् ।
उपचार केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेलका अनुसार, यस अवधिमा विभिन्न माध्यमबाट दक्ष चिकित्सकको खोजी गरिए पनि पाइएको छैन । हालै मात्र केन्द्रले चिकित्सकका लागि आवेदन आह्वान गरी परीक्षा समेत सञ्चालन गरेको थियो । पाँच जनाले आवेदन दिए पनि एकजना मात्रै उत्तीर्ण भए । उनी पनि अन्ततः नियुक्ति लिनै आएनन् ।
उपचारका लागि सर्पदंशको एन्टिस्नेक भेनम सरकारले उपलब्ध गराए पनि अन्य आवश्यक औषधिहरू भने केन्द्रले आफैँ खरिद गर्नुपरेको छ । बिरामीबाट प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ लिने गरिएको छ भने संस्थाका आजीवन सदस्यका लागि शुल्क पाँच सय रुपैयाँ निर्धारण गरिएको छ ।
हाल उपचार केन्द्रको सञ्चालनमा लालबन्दी, हरिवन, ईश्वरपुर र हरिपुर नगरपालिकासहित नगरपालिकाका केही वडाहरूले वार्षिक बजेट सहयोग गर्दै आइरहेका छन् । तर, दक्ष जनशक्तिको अभावमा अत्यावश्यक उपकरण प्रयोगमा ल्याउन नसकिँदा गम्भीर बिरामी जोखिममा पर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण