जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाविरुद्धको रिटमा लिखित जवाफ माग

काठमाडौँ । जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाविरुद्धको रिटमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ ।
उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ डोल्पामा निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनामा
सार्वजनिक खरिद ऐनविपरीत टेन्डर प्रक्रिया अघि बढाइएको भन्दै सिउ इन्फास्ट्रक्चर लिमिटेड र हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले सोमबार रिट निवेदन दायर गरेका थिए ।
मंगलबार न्यायाधीश टंकप्रसाद गुरुङको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न जगदुल्ला हाइड्रोपावर लिमिटेड र बोलपत्र मूल्यांकन समितिका नाममा आदेश जारी गरेको हो ।
यस्तै उच्चले अन्तरिम आदेशका लागि निवेदक कम्पनीको आन्तरिक लेखा परीक्षणको क्रममा भएको परीक्षण तथा मूल्याङ्कनको कार्य सम्बन्धमा विपक्षी समितिले जानकारी नदिएको र सो कार्य सम्बन्धमा निवेदक कम्पनीको स्पष्टता तथा समुचित जानकारी आवश्यक रहेकाले दुवै पक्षलाई वैशाख ३० गतेको पेसी तोकी छलफलमा बोलाएको छ ।
मंगबार निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई तथा अधिवक्ताहरू भावेश गौतम, विशाल न्यौपाने र कैलाश तामाङले बहस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश