नेकपाको बैठकले पारित गर्यो ११ बुँदे प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजनीति, सांगठानिक र विधान संशोधन प्रस्ताव बाहेक ११ बुँदे समसामयीक प्रस्ताव पनि पारित गरेको छ । बैठकमा महासचिव विष्णु पौडेलले ११ बुँदे समसामयीक प्रस्ताव पेस गरेका थिए ।
समसामयीक प्रस्तावमा नोवल कोरना भइरसको सम्भावित संक्रमणबाट जोगाउन आवश्यक कदम चाल्न तथा चीनको वुहान सहरमा रहेका नेपालीहरुलाई आपतकालिन रुपमा उद्दार गर्न सरकारलाई निर्देशन दिएको छ ।
त्यस्तै बैठकले इरान, इराकलगायत पश्चिम एसियामा उत्पन्न तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै कुनैपनि समस्याको समाधान वार्ताबाट खोज्न आग्रह गर्दै युद्ध वा आक्रमणका गतिविध तत्काल रोक्न सम्बन्धित पक्षसँग माग गरेको छ ।
बैठकमा पेस भएर पारित भएको समसामयीक प्रस्तावमा २०१९ नोभेम्बर २ मा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकासित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गरेको छ ।
समसामयीक प्रस्तावको ८ नम्बर बुँदामा नेकपाले भनेको छ, ‘ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजका आधारमा ती भूभाग एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने कुरामा हाम्रो पार्टी स्पष्ट छ र नेपाल भारतका परराष्ट्र सचिवहरुको संयन्त्रबाट समस्याको समाधान गर्ने,पुर्व सहमति विपरित गरिएको एकपक्षीय निर्ण नेपालका लागि मान्य नहुन स्पस्ट पार्न चाहान्छ ।’
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले ५ दिन लामो केन्द्रीय समिति बैठकले महत्वपूर्ण निर्णय गर्न सफल भएको भन्दै यसले देशभरका नेता कार्यकर्तामा उत्साह, उमंग र एकताको भावना पैदा गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता