एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा हाजिर जमानीमा छुटेका छन् । ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पक्राउ परेका शेर्पा मंगलबार काठमाडौँ जिल्ला अदालतको आदेशले हाजिर जमानीमा रिहा भएका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई असार १२ मा पक्राउ गरेको थियो । हात्तिगौंडामा सञ्चालित टुङ्गरम इन्टरनेसनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको कसुरमा पक्राउ परेका शेर्पाले सो रकम विद्यालयलाई फिर्ता गर्ने बयान दिएका छन् । बयानमा उनले भनेका छन्, ‘जाहेरीमा उल्लेखित रकम तिर्नुपर्ने दायित्व मेरो हो, सो रकम तिर्न तयार छु ।’
अदालतले उनको बयान पुरा भएको भन्दै थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेसँगै उनलाई हाजिर जमानीमा रिहा गरिएको ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । उने भने, ‘अदालतको आदेश अनुसार उनलाई हाजिर जमानीमा रिहा गरिएको छ ।’
विद्यालयको रकमबाट शेर्पाले बूढानीलकण्ठमा याक डेभलपर्स प्रालिको नाममा जग्गा खरिद गरेको भेटिएको छ । सो जग्गा उनले शिवराम भण्डारीबाट खरिद गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण