साउदी अरबले मुसलमान देशहरुको संगठनमा इरानलाई आउन दिएन
एजेन्सी । साउदी अरबले मुसलमान देशहरुको संगठन ‘अर्गनाइजेसन अफ इस्लामिक को–अपरेशन(ओआईसी)’को वैठकमा इरानलाई सहभागी हुन रोक लगाइदियो ।
सोमबार साउदी अरबको एक सहर जेद्दामा ओआईसीको वैठक हुँदैछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार साउदी अरबले इरानका प्रतिनिधिमण्डीलाई वैठकको लागि भिषा नै दिएनन् । यो बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मध्य–पूर्वशान्ति सम्झौता प्रस्ताव’मा बहस हुनेछ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता मौसवीका अनुसार इरानले घटनाबारे ओआईसीमा गुनासो दर्ता गराएको छ ।
त्यस्तै इरानले साउदी अरब र ओआईसीमा रहेको उसको हैसियतलाई गलत प्रयोग गरेको ओबीसील्ले आरोप लगाए ।
तथापि, यस सम्बन्धमा साउदी अरबका अधिकारीबाट कुनै पनि पनि प्रतिक्रिया आएको छैन ।
आईओसी इस्लमिक देशहरुको संगठन हो र यसमा साउदी अरबको अधिपत्य कायम छ ।
इरानी अधिकारीले इजरायल र प्यालेष्टाइनबीच विवादलाई सुल्झाउनको लागि ट्रम्पले ल्याइएको योजनालाई पनि निन्दा गरेका छन् । यो योजना ट्रम्पले एक हप्ता अघि सार्वजनिक गरेको थिए ।
प्यालेष्टाइनी नेताहरुले यो योजनाको पहिले नै अस्वीकार गरिसकेका बताए । उसको भनाइमा ट्रम्पको योजना एकदमै एकतर्फी छ र यसले इजरायलीको पक्ष लिएर यालेष्टाइनीलाई समर्थन गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण