स्वास्थ्यका कारण प्रधानमन्त्रीले सात मिनेटमै टुङग्याए सम्बोधन
काठमाडौं । स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री केपी शर्माओलीले आइतबार एक कार्यक्रममा सात मिनेट बोलेर आफ्नो भनाई टुङग्याएका छन् । आइतबार राष्ट्रिय योजना आयोगको हलमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको कार्यक्रममा प्रधानमन्त्री ओली करिब सात मिनेट बोलेर बाहिरिएका हुन् । त्यस क्रममा उनले अहिलेको काम गराई र ढिलासुस्तीले विकास र सम्मृद्धिको लक्ष्य पुरा नहुने भन्दै जनताका आकांक्षा समेत सम्बोधन नहुने बताएका थिए ।
उनले काममा ढिलासुस्ती गर्ने प्रवृतिको अन्त्य गर्न निर्देशन समेत दिए । तर प्रधानमन्त्रीलाई स्वास्थ्यले साथ नदिएपछि आफ्नो भनाई छोट्याएका थिए । ‘आज मैले स्वास्थ्यका कारण धेरै बोल्न सकिन । पुरा समय पनि बस्न सकिनँ । साथीहरुले राखेको प्रश्नको जवाफ उपप्रधानमन्त्री ईश्वर पोखरेलजीले दिनुहुन्छ’, प्रधानमन्त्री ओलीको भनाई थियो ।
प्रधानमन्त्री ओली नियमित मृर्गौलाको डायलाइसिस गर्दै आएका छन् । ओलीको स्वास्थ्यकै कारण आइतबार पार्टीको सचिवालय बैठक स्थगित भएको छ भने आइतबारकै पुर्व निर्धारित कार्यक्रममा पनि उनी सहभागी भएनन् । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएको आइतबारको पूर्व निर्धारित कार्यक्रम ‘सगरमाथा राष्ट्रिय संवाद’कार्यक्रममा पनि उनी सहभागी नभई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण