शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीबाट विभिन्न ६ वटा विधेयक प्रमाणीकरण

मङ्गलबार, २८ माघ २०७६, १५ : ४५
मङ्गलबार, २८ माघ २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभिन्न ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि पेश गरिएका ६ विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भएको हो ।

प्रमाणीकरण भएका विधेयकहरुमा भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक, प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक छन् । यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक र राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक पनि राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप