प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणबारे त्रिवि शिक्षण अस्पतालले दियो जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीको मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालले बताएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गरी मृगौला प्रत्यारोपण तयारीका लागि अस्तताल भर्ना गरिएको दोश्रो दिन सम्पूर्ण परीक्षण गरी औषधि दिन सुरु गरिएको जनाएको हो ।
त्यस्तै विभिन्न विषयका विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिरहेको समेत अस्पतालले बताएको छ । त्यस्तै प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परीक्षणहरु गर्ने क्रम जारी रहेको समेत विज्ञप्तिमा उल्लेख छ । त्यस्तै स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहको र विशेषज्ञहरुको निरन्तर निगरानीमा रहेको अस्पतालले बताएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन सरकारका केही मन्त्रीहरु मंगलबार दिउँसो त्रिवि शिक्षण अस्पताल पुगेका थिए । अर्थमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई अस्पताल पुगेका हुन् । त्यस्तै भारतीय राजदूत विनयमोहन क्वात्रा पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारीलिन मंगलबार दिउसो अस्तपताल पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण