आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली

आइतबार, ३१ जेठ २०८३, २० : ३०
आइतबार, ३१ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीलाई अँगालो मारेको तस्बिर सार्वजनिक गर्दै देश बनाउने टोली लेखेका छन् ।
  • उनले पोस्टमा पीएम, एचएम, आईएम, लेखेका छन्, जसको अर्थ प्राइम मिनिस्टर, होम मिनिस्टर र इन्फ्रास्ट्रक्चर मिनिस्टर हो ।
  • उनको यो पोस्टमा लाइक र कमेन्टको वर्षा भइरहेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीलाई अँगालो मारेको तस्बिर सार्वजनिक गर्दै देश बनाउने टोली लेखेका छन् । कालो पहिरनमा सजिएका उनले पोस्टमा पीएम, एचएम, आईएम, लेखेका छन् । अर्थात् प्राइम मिनिस्टर, होम मिनिस्टर र इन्फ्रास्ट्रक्चर मिनिस्टर। अर्थात् उनको दायाँपट्टि भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् भने बायाँतिर भर्खरै पुनर्बहाली भएका गृहमन्त्री सुधन गुरुङ छन् ।

हिजो पनि उनले आफ्नो फेसबुक आईडीबाट आफ्नो फेवरेट देशले विश्वकप नखेलेको लेखेका थिए ।

निकै छोटो वाक्य र रहस्यमय अर्थ दिने पोस्ट गर्ने उनको आजको तीन जना बसेर खिचाइएको पोस्टमा पनि लाइक र कमेन्टको वर्षा भइरहेको छ।

b

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप