विश्वकप अपडेट
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
सोमबार, ०१ असार २०८३, ०५ : ४२
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ई' को खेलमा आइभरी कोस्ट र इक्वेडरबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
- अमेरिकाको फिलाडेल्फियामा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।
- यसअघि जर्मनीले कुरासाओलाई ७-१ ले हराएको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा आइभरी कोस्ट र इक्वेडरबिचको प्रतिस्पर्धा जारी छ । अमेरिकाको फिलाडेल्फियामा नेपाली समय अनुसार सोमबार बिहान ४ः४५ बजे सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
खेलको सुरुवाती ४५ मिनेटमा दुवै टोलीले केही राम्रा अवसरहरू सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।
यसअघि यही समूहको अर्को खेलमा जर्मनीले कुरासाओमाथि ७-१ को फराकिलो जित दर्ता गर्दै ३ अङ्कका साथ आफ्नो खाता खोलिसकेको छ । समूह ‘ई’ मा आफ्नो बलियो उपस्थिति जनाउन आइभरी कोस्ट र इक्वेडर दुवै दोस्रो हाफमा गोल गर्दै स्पष्ट जित निकाल्ने दाउमा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
-
ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण