अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
लुम्बिनी । विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहेका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छ । उक्त अभियानसँग जोडिएको ‘आलोका’ कुकुरसहितको टोली बुद्धको जन्मस्थल लुम्बिनी आएको हो । उक्त पैदल यात्राका अगुवा भिक्षु पन्याकरको नेतृत्वमा १८ जना भिक्षु र उपासक उपासिकाको टोली बुद्ध जन्मस्थल लुम्बिनी आएको हो ।
उक्त शान्ति पदयात्रा टोलीले कुकुरसहित लुम्बिनीस्थित अखण्ड शान्ति दीप क्षेत्रबाट आइतबार बेलुका मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गरेको थियो । मायादेवी मन्दिर पुगेर पूजा र प्रार्थना गरेका थिए । यस ऐतिहासिक एवं प्रेरणादायी अवसरमा भन्तेहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन तथा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले स्वागत गरे ।
भिक्षु टोलीले शान्तिको पैरवी गर्दै यात्रा गरेका छन् । पदयात्राका दौरान भिक्षुहरूले सर्वसाधारणलाई बुद्ध दर्शन र शान्ति शिक्षा सिकाउँदै हिँडेका छन् । ठाउँठाउँमा ध्यान सिकाउँथे । करुणा, दयामाया, सद्भाव र सदाचार सिकाउँदै उनीहरूको पदयात्रा अघि बढेको थियो ।
मायादेवी मन्दिरको अवलोकन तथा प्रार्थनापश्चात् आयोजित स्वागत कार्यक्रममा भिक्षु पन्याकरले बुद्धले यो संसारको जन्म र मरणको अनन्त चक्रबाट उम्कने बुद्धका सन्देशलाई अपनाएर उहाँले देखाउनुभएको निर्वाण र परम आनन्द प्राप्त गर्न भगवान् बुद्धले देखाउनु बाटोलाई आत्मसात् गर्नुपर्ने बताए ।
उनले हरेक प्राणीले मुक्ति प्राप्त गर्न र निर्वाणको परम आनन्द प्राप्त गर्न कस्तो हुनुपर्ने हो भन्ने एउटा ठुलो प्रश्नको विषय बनेको बताउँदै संसारमा सबै कुरा पाउन हरेक व्यक्तिमा बलियो सङ्कल्प आवश्यक रहेको बताए । उनले त्यही बलियो सङ्कल्पका साथ अभियान थालेको बताए ।
भिक्षु पन्याकरले आफूहरूको एउटा सानो यात्राको आज विश्वभर सम्मान पाएको र यसले विश्व शान्ति सन्देश दिन ठुलो सफलता मिलेको बताए । उनले आफूहरूको एक मात्र उद्देश्य विश्वमात्र रहेको बताउँदै शान्ति व्यक्तिबाट सुरु हुने भएकाले सबै शान्तिका लागि लाग्नुपर्नेमा जोड दिए ।
उनले आफ्नो यात्राको सदस्यका रूपमा रहेको आलोका कुकुरको बारेमा भने, “हामी आलोकको कुरा गर्दैछौँ, यो शान्त कुकुर जुन यहाँ छ । आलोक एउटा यस्तो कुकुर हो जो हामीसँग लामो समयदेखि हिँडिरहेको छ । ऊ हिँड्यो र अहिले शान्तिको दूत (एम्बेसेडर) बन्यो । तर कसरी, ऊ किन कुकुर बन्यो त ? यो शील (नैतिकता) को कारणले हो, शील पालना नगरेको कारणले हो ।”
सन् २०२२ मा भिक्षु पन्याकार भारतमा पदयात्रामा छँदा उक्त कुकुरले पछ्याएको थियो । सन् २०२५ को अन्त्यमा भिक्षु पन्याकारसहितको टोलीले अमेरिकाकोे टेक्सासबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि कुकुरलाई भारतको कोलकाताबाट अमेरिका लगिएको थियो । अमेरिका लगेर कुकुरको नाम अलोका राखिएको हो ।
त्यस अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख हरिजनले लुम्बिनी जहाँबाट मानवता, करुणा, सहअस्तित्व र विश्व बन्धुत्वको सन्देश संसारभर प्रवाहित भएको छ, त्यही पवित्र भूमिमा सम्पन्न यस ‘शान्ति पदयात्रा’ कार्यक्रमले शान्ति, सद्भाव र वैश्विक एकताको भावनालाई थप ऊर्जावान बनाएको बताए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक राईले अलोका कुकुरसहित भिक्षु पन्याकारको आगमनले पिस वाकले सार्थकता पाएको बताए । उनले यसले लुम्बिनीको शान्ति पर्यटनमा पनि टेवा दिने विश्वास व्यक्त गरे ।
पदयात्राको टोली सोमबार (आज) बिहान हवाई उडानबाट काठमाडौँ पुगेर बौद्धनाथ, स्वयम्भू, चारुमती र आनन्दकुटी विहार अवलोकन गरी साँझ ५ः०० बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम छ ।
विश्व शान्तिका लागि अहोरात्र हिँडेका व्यक्तिहरूलाई शान्तिकै उद्गमस्थल लुम्बिनी आउने वातावरण बनाएका भिक्षु महासङ्घका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरले नेपाल भ्रमणको चाहनाबारे सोध्दा राष्ट्रपति/प्रधानमन्त्रीसँग भेटघाट हुने भए आउने जानकारी पाएपछि आफू सक्रिय भएर व्यवस्थापनमा लागेको बताए ।
उनले धर्म, राजनीति र विचारधाराले विभाजित देखिने अमेरिकामा गरिएको त्यो पदयात्राले त्यहाँ शान्ति, करुणा मैत्रीभावप्रतिको गजबको आकर्षण देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स पुनः अघि, जापान विरुद्ध २-१ को रोमाञ्चक अग्रता
-
नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो
-
नेदरल्यान्ड्सलाई १–० को अग्रता
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण