राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
दाङ । दाङको राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । संस्थागत प्रसुतिसम्बन्धी दिगोपनाका सबै आवश्यक सूचकहरू पूरा गरेपछि आइतबार पूर्ण संस्थागत प प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले पालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा गरेका हुन् । त्यस अवसरमा उनले प्रसूति सेवालाई गुणस्तरयुक्त बनाउनुपर्नेमा जोड दिए ।
निर्धारित प्रोटोकलअनुसार चार पटक गर्भवती जाँच गराउने दर ९९ दशमलव ६ प्रतिशत, तीन पटक उत्तर प्रसूति जाँच गराउने दर ९९ दशमलव ३ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिने दर शतप्रतिशत तथा घरमा हुने प्रसुति शून्य रहेपछि प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताए ।
राप्ती गाउँपालिकाले विगतका वर्षदेखि क्रमशः विभिन्न वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्दै आएको थियो । सबै वडाको पूरा भएपछि पालिकालाई नै घोषणा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण