आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत

आइतबार, ३१ जेठ २०८३, १७ : ५७
आइतबार, ३१ जेठ २०८३

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि आइतबार प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आर्थिक सर्वेक्षण आइतबार  प्रदेशसभामा प्रस्तुत गरेका हुन्।

आर्थिक सर्वेक्षणअनुसार मधेस प्रदेशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ८ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ, जुन राष्ट्रिय कुल ग्राहस्थ उत्पादनको १३.१ प्रतिशत हो।

सर्वेक्षणमा प्रदेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशत रहने अनुमान गरिएको छ । मधेसको कुल ग्राहस्थ उत्पादनमा कृषि, मत्स्य तथा वन क्षेत्रको योगदान सबैभन्दा बढी ३४.९७ प्रतिशत रहने उल्लेख छ । यस क्षेत्रको वृद्धिदर १.४४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।

कृषि उत्पादनतर्फ अन्नबाली उत्पादन ५.३३ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यद्यपि दूध उत्पादन ११.०६ प्रतिशत, मासु उत्पादन ३३.५२ प्रतिशत, माछा उत्पादन ८.०३ प्रतिशत तथा अण्डा उत्पादन २३.४६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

सर्वेक्षणले प्रदेशको राजस्व सङ्कलनमा भने गिरावट आउने सङ्केत गरेको छ। राजस्व सङ्कलनको अनुपात १.६६ प्रतिशतले घट्ने अनुमान गरिएको छ।

आर्थिक सर्वेक्षणले कृषि तथा पशुपन्छीजन्य उत्पादनमा सुधार देखिए पनि राजस्व सङ्कलन र समग्र आर्थिक वृद्धिदर अपेक्षाकृत कमजोर रहने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप