सल्यानमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
आइतबार, ३१ जेठ २०८३, १९ : २६
सुर्खेत । बसको ठक्करबाट सल्यानमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–७ निवासी ४६ वर्षीया उमा रेउले रहेकी छिन्।
सल्यानका प्रहरीका अनुसार शारदा नगरपालिका–१ श्रीनगरस्थित बसपार्क नजिक राप्ती राजमार्गमा बसको ठक्करबाट उनको मृत्यु भएको हो।
आइतबार दिउँसो करिब १२ बजे दाङबाट कुमाखतर्फ जाँदै गरेको ना ३ ख ६६१६ नम्बरको बसले उमालाई ठक्कर दिएको थियो।
उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरे।
बस चालक कुमाख गाउँपालिका–३ निवासी करिब ३० वर्षीय डिल्ली बुढा रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण