पटना गोलीकाण्डका अभियुक्त विराटनगरमा मृत फेला
विराटनगर । विराटनगरको एक होटलमा गत बिहीबार मृत फेला परेका व्यक्ति भारतस्थित बिहारको चर्चित पटना गोलीकाण्ड तथा खान ग्लोबल स्टडिजमा भएको तोडफोड घटनाका अभियुक्त प्रिन्सकुमार यादव रहेको खुलेको छ ।
विराटनगर–१० स्थित शुभ होटलको कोठामा बिहीबार उनी मृत फेला परेका थिए । प्रहरीका अनुसार उनी केही दिनदेखि सोही होटलमा बस्दै आएका थिए। मृतकसँग अन्य चार भारतीय नागरिक पनि होटलमा बसेका थिए। घटनापछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।
मृतक यादव भारतको बिहारमा चर्चित ‘खान सर काण्ड’ का आरोपी रहेको खुलेको छ। गत जुन २ मा पटना स्थित रोशन आनन्दले सञ्चालन गरेको ज्ञान बिन्दु कोचिङ र खान ग्लोबल स्टडिजबिच उत्पन्न विवादका क्रममा खान ग्लोबल स्टडिजमा तोडफोड, झडप र गोली चलेको थियो। घटनाको नेतृत्व यादवले गरेको आरोपमा भारतीय प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरी खोजी गरिरहेको थियो।
मोरङ प्रहरी प्रमुख एसपी कोवित कट्टुवालका अनुसार भारतमा मुद्दा दर्ता भएपछि यादव नेपाल आएर विराटनगरको बसपार्क क्षेत्र आसपास बस्दै आएका थिए। उनी होटलमा मृत फेला परेपछि घटनाबारे विस्तृत अनुसन्धान थालिएको छ।
यादव ज्ञानबिन्दु एकेडेमीका सञ्चालक रोशन आनन्दका भाइ हुन्। उनी संस्थाको प्रशासनिक तथा दैनिक व्यवस्थापनको जिम्मेवारीमा सक्रिय रहेको बताइएको छ।
प्रहरीले मृतकका परिवारजनलाई जानकारी गराइसकेको र शव जिम्मा लगाउने तयारी भइरहेको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेकाले मृत्यु रहस्यमय देखिएको भन्दै प्रहरीले सबै पक्षबाट अनुसन्धान अघि बढाएको छ। उनी उपचारका लागि नेपाल आएको होटलको विवरणमा उल्लेख गरेका थिए। उल्लेख गरेको प्रहरीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण