पाइन छाड्यो स्यानिटाइजर र इन्फ्रारेड थर्मोमिटर
कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन आवश्यक पर्ने मास्क, ह्यान्ड स्यानिटाइजर, पन्जा, इन्फ्रारेड थर्मा्मिटर लगायत वस्तुहरूको अभाव हुन थालेको छ । साथै ती वस्तुको मूल्य पनि अस्वाभाविक ढंगले बढेको छ ।
केही दिनअघि बजारमा मास्कको मात्रै अभाव भइरहेकोमा हाल ह्यान्ड स्यानिटाइजर समेत पाइन छोडेको र मूल्य पनि जथाभावी लिन थालिएको अलमेड सर्जिकलका सुदीप घिमिरेले बताए । ह्यान्ड स्यानिटाइजरको मूल्य अहिले भारतमा समेत महँगिएको उनले बताए । कोरोनाको त्रास बढेसँगै वस्तुको माग बढ्दै गएपछि अभाव हुन गई मूल्य बढेको व्यवसायी बताउँछन् ।
सामान्य अवस्थामा बजारमा प्याकेटको ३०० रुपैयाँ पर्ने पेपर मास्कको मूल्य यतिबेला २ हजार ५०० रुपैयाँसम्म पर्ने गरेको त्रिपुरेश्वरस्थित सर्जिकल पसलका सञ्चालकले बताए । एक प्याकेटमा ५० थान पेपर मास्क हुन्छ । उनका अनुसार सर्जिकल हाउसमा मास्क सकिएको २ महीना बितिसकेको छ ।
ज्वरो नाप्नका लागि प्रयोग हुने इन्फ्रारेड थर्मोमिटर समेत बजारमा आयात हुन सकेको छैन । कोरोनाको संक्रमण बढ्दै गएका बेला यो थर्मो्मिटर नै प्रयोग गर्नुपर्ने अवस्थामा यसैको अभाव रहेको कृष्ण सर्जिकल, त्रिपुरेश्वरकी सञ्चालिकाले जानकारी दिइन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण