कोरोनाबारे सामाजिक सञ्जालको अनावश्यक हल्लाबाट डराउनु पर्दैन : प्रमुख शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरसको महामारीबाट डराउनेभन्दा पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेतिर बढी ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
कामपाले आज यहाँ आयोजना गरेको कोरोना र डेङ्गु रोगको महामारीसम्बन्धी बृहत् जनचेतना कार्यक्रममा प्रमुख शाक्यले समस्याको सहज समाधान गर्नेतिर लाग्नका लागि सबैलाई आग्रह गरे ।
कोरोना भाइरसबारे सामाजिक सञ्जाल र केही मिडियामा आएका अनावश्यक हल्लाले बढी सन्त्रास फैलिएको र सही सूचना प्रवाह हुन नसक्दा आम नगरिकमा डर पैदा भएकाले बुझेर मात्र सूचना प्रवाह गर्न पनि प्रमुख शाक्यले सबैलाई आग्रह गरे ।
प्रमुख शाक्यले कामपाले ३२ वटै वडामा अब जनचेतनामूलक अभियान सञ्चालनको शुरुआत गरेको जानकारी दिँदै सबै मिलेर यस्ता महामारीबाट कसरी बच्ने र व्यवस्थापन गर्ने भन्नेमा लाग्नुपर्नेमा जोड दिए ।
उनले गर्मी बढ्दै गएपछि अब विस्तारै डेङ्गुको समेत महामारी बढ्न सक्ने भन्दै त्यसमा पनि सचेत रहन आग्रह गरे ।
कामपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले शहरी स्वास्थ्य क्लिनिकले दिने सेवालाई थप विस्तार गर्दै थप सेवा दिने कुरामा महानगर लागिपर्ने बताए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले कोरोनाबारे सरकारले उच्च सतर्कता देखाएको भन्दै अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले अहिलेसम्म ५०० को ¥याल परीक्षण गर्दा एक जनाको पोजेटिभ देखिएको र ती बिरामीसमेत अहिले ठिक भएको भन्दै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर
-
सुदूरपश्चिममा 'विद्यार्थीसँग अखिल क्रान्तिकारी' अभियान सुरु
-
रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
विद्यालयको कम्प्युटर चोरेको आरोपमा ३ युवक पक्राउ
-
विश्वकप लिग २ क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा