कोरोनाबारे सामाजिक सञ्जालको अनावश्यक हल्लाबाट डराउनु पर्दैन : प्रमुख शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरसको महामारीबाट डराउनेभन्दा पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेतिर बढी ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
कामपाले आज यहाँ आयोजना गरेको कोरोना र डेङ्गु रोगको महामारीसम्बन्धी बृहत् जनचेतना कार्यक्रममा प्रमुख शाक्यले समस्याको सहज समाधान गर्नेतिर लाग्नका लागि सबैलाई आग्रह गरे ।
कोरोना भाइरसबारे सामाजिक सञ्जाल र केही मिडियामा आएका अनावश्यक हल्लाले बढी सन्त्रास फैलिएको र सही सूचना प्रवाह हुन नसक्दा आम नगरिकमा डर पैदा भएकाले बुझेर मात्र सूचना प्रवाह गर्न पनि प्रमुख शाक्यले सबैलाई आग्रह गरे ।
प्रमुख शाक्यले कामपाले ३२ वटै वडामा अब जनचेतनामूलक अभियान सञ्चालनको शुरुआत गरेको जानकारी दिँदै सबै मिलेर यस्ता महामारीबाट कसरी बच्ने र व्यवस्थापन गर्ने भन्नेमा लाग्नुपर्नेमा जोड दिए ।
उनले गर्मी बढ्दै गएपछि अब विस्तारै डेङ्गुको समेत महामारी बढ्न सक्ने भन्दै त्यसमा पनि सचेत रहन आग्रह गरे ।
कामपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले शहरी स्वास्थ्य क्लिनिकले दिने सेवालाई थप विस्तार गर्दै थप सेवा दिने कुरामा महानगर लागिपर्ने बताए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले कोरोनाबारे सरकारले उच्च सतर्कता देखाएको भन्दै अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले अहिलेसम्म ५०० को ¥याल परीक्षण गर्दा एक जनाको पोजेटिभ देखिएको र ती बिरामीसमेत अहिले ठिक भएको भन्दै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण