बिरामी भान्जीलाई प्रधानमन्त्री मामाको चिन्ता
काठमाडौं । समीक्षा संग्रौला जसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गरिन् ।
हाल संग्रौला र प्रधानमन्त्री केपी ओली दुवै जना महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
दुवैको स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहेको छ । तर प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समीक्षालाई आफ्नो भन्दा बढी मामा प्रधानमन्त्री ओलीको चिन्ता छ ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार भान्जी समीक्षालाई भेट्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ‘प्रधानमन्त्रीज्यूलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलालाई सोधें–कस्तो छ ? मलाई त ठिक छ, मामालाई चाहिँ कस्तो छ ?’ समीक्षाको चिन्ता उद्धृत गर्दै सल्लाहकार रिमालले ट्वीट गरेका छन्, ‘एकपटक मामालाई भेट्न मन लागेको छ । मैले भनेँ–तपाईं पहिलो भिजिटर हुुनुहुनेछ ।
‘आफ्नो भन्दा प्रमको स्वास्थ्यको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बाहिरएँ’, रिमालले समीक्षाप्रति सम्मान प्रकट गर्दै लेखेका छन् ।
गत बुधबार समीक्षाको एक मिर्गौला प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्रिज्युलाई मिर्गौला दानदिने भान्जी समिक्षा संग्रौलालाई सोधें-कस्तो छ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ?एकपटक मामालाई भेट्न मन लागेको छ।
— Bishnu Rimal (@BishnuRimal) March 8, 2020
मैले भने- तपाई पहोलो भिजिटर हुनुहुनेछ।आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण