शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

फिल्म ‘हजार जुनीसम्म’ भारतमा पनि प्रदर्शन हुने

बिहीबार, २९ फागुन २०७६, १३ : ४५
बिहीबार, २९ फागुन २०७६

काठमाडौं । स्वदेशमा सोचेजस्तो व्यवसाय गर्न नसकेको फिल्म ‘हजार जुनीसम्म’ छिमेकी मुलुक भारतमा पनि प्रदर्शनमा आउने भएको छ । शुक्रबार अर्थात भोलीबाट फिल्मले भारत प्रदर्शन थाल्न लागेको निर्देशक विकाशराज आचार्यले जानकारी दिए । ‘नाई नभन्नु ल’ सिक्वेलमा फिल्म बनाउँदै आएका निर्देशक आचार्यले सिक्वेलबाट बाहिर निस्किएर यो फिल्म निर्माण गरेका हुन् । 

प्रेमकथामा बनेको यो फिल्म भारतको दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलगुडी प्रदर्शन हुन लागेको हो । त्यसपछि अन्य सहरमा पनि प्रदर्शन हुने निर्देशक आचार्यको भनाई रहेको छ । सिक्किमको विभिन्न स्थानमा छायाँकन भएको फिल्मले भारतमा राम्रो व्यापार गर्ने निर्देशक आचार्यको भनाई रहेको छ । 

स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरि पौडेललगायतका कलाकारको अभिनय रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, सामिप्यराज तिमल्सेनाको पटकथा छ । कविता रेग्मी फिल्मको कार्यकारी र विशाल चाम्लिङ निर्माता हुन् । फिल्म स्वदेशमा भने साउनको अन्तिम साता प्रदर्शनमा आएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप