नेहा धुपियाले ५ युवालाई एकैपटक धोका दिने युवतीको बचाउ गरिन्, सोसल मिडियामा खुबै उड्यो मजाक
बलिउड नायिका नेहा धुपिया बिहिबार सोसल मिडियामा बेस्सरी ट्रोल भइन् । नेहा आजकाल एमटीभीको शो ‘रोडिज रिभोल्यूशन’ सिजनको निर्णयकमा छिन् र यहि कार्यक्रममा उनको अभिवक्तिका कारण उनी निशानामा परेकी छिन् ।
वास्तवमा कार्यक्रमका बेला एक प्रतियोगीले भनेका थिए, ‘मैले मेरी प्रेमिकालाई थप्पड हानेको थिएँ किनभने उनले मबोहक अन्य पाँचजना प्रेमी एकै पटक बनाएकी थिइन् ।’ यो कुरा सुनेपछि नेहाले रिसाउँदै भनिन्, ‘यो त ती युवतीको इच्छा हो ।’
ती युवकको कुरा सुनेपछि नेहाले रिसाउँदै भनेकी थिइन्, ‘उसले एक नभई अन्य पाँच पुरुषसँग एकैपटक डेटिङ गरिरहेको जुन बकवास गरिरहेको छस् नि ? सुन् मेरो कुरा, ऊ कोसँग घुम्ने त्यो उसको आफ्नो इच्छाको कुरा हो । सायद समस्या तैँमा छ होला । यदि उसले चीट गरिरहेकी छिन् भने सायद ऊ तँसँग खुसी छैन होला । चाहे जे सुकै होस् तँलाई एउटी केटीमाथि हात उठाउने अधिकार छैन ।’
प्रयोगकर्ताले गर्न थाले ट्रोलः
नेहाको बयान भएको भिडियो सोसल मिडियामा भाइरल हुने बित्तिकै मानिसहरुले उनलाई नक्कली महिला अधिकारीकर्मी बताउँदै उनलाई ट्रोल गर्न थाले । प्रयोगकर्ताले तस्बिर र मीम सेयर गर्दै नेहाको विरोध गर्दै उनको बेस्सरी खिल्ली उडाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण