‘प्रधानमन्त्री ओलीले सबै काम गर्न सक्नुहुन्छ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ । शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्ने क्रममा प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुले सो कुराको जानकारी दिएका हुन् । ‘उहाँलाई अस्पतालबाट पूर्ण स्वास्थ्यलाभ पछि डिस्चार्ज गरिएको छ’ मृगौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागका प्रमुख एवम् प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्यासिंह शाहद्अवारा जारी विज्ञप्तिमा भनिएको छ,‘उहाँका भाइटल तथा ल्याब प्यारामिटरहरु राम्रो अवस्थामा रहेका छन् ।’
विज्ञप्तिमा डिस्चार्जपछि प्रधानमन्त्री ओलीले समय समयमा फलोअपमा रहनुपर्ने उल्लेख गर्दैै नियमित चिकित्सकको निगरानीमा रहनुपर्ने समेत जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उहाँले यसपश्चात आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै कार्यहरु गर्नसक्नुहुनेछ ।’ प्रधानमन्त्री ओलीको उपचार गर्ने अवसर दिइएकोमा शिक्षण अस्पताल परिवार गौरवान्वित भएको उल्लेख गर्दै अस्पतालका चिकित्सकहरुमाथि गरिएको भरोसाको प्रसंशा समेत गरिएको छ । गतहप्ता बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गराएका ओली शुक्रबार साँझ डिस्चार्ज भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण