बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेलम्चीको पानी काठमाडौं पठाउन गरिएको परीक्षण सफल

सोमबार, ०३ चैत २०७६, १७ : ५२
सोमबार, ०३ चैत २०७६

काठमाडौं । मेलम्चीको पानी काठमाडौं पठाउन गरिएको परीक्षण सफल भएको छ । सोमबार मेलम्चीको मुहान सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट एक किलोमिटर टनेलमा पानी पठाएर परीक्षण गरिएको हो । 

मुहानबाट सुरुङमार्फत अम्वाथानसम्म पानी पठाउँदा सफल भएको खानेपानी मन्त्री बिना मगरले जानकारी दिइन् । 

‘सोमबार अस्थायी बाँधमार्फत गरिएको परीक्षण सफल भयो’, मन्त्री मगरले भनिन्, ‘अव काठमाडौबासीले मेलम्चीको पानी पिउने दिन टाढा छैन ।’ उनले परीक्षण सफल भएकोमा आफू उत्साहित रहेको भन्दै बाँकी आयोजनाको काम तीव्र गतिमा भइरहेको जानकारी दिइन् । 

मन्त्री मगरले अव विस्तारै सवै सुरुङमा पानी पठाएर परीक्षण गर्दै जाने योजना रहेको समेत बताइन् । मेलम्चीबाट २६ किलोमिटर सुरुङमार्गमार्फत उक्त पानी काठमाडौ ल्याइनेछ । हाल मेलम्ची खानेपानी आयोजनाको बाँध क्षेत्रको मुख्य(हेडवर्क)को काम भइरहको छ । मुहान क्षेत्रमा हाल अस्थायी बाँध बाधिएपनि त्यसलाई स्थायी बाँध बाधेरमात्रै काठमाडांै पानी पठाउने तयारी छ । ‘भेन्टिलेसन साफ्ट र रक टावेलको काम भइरहेको छ । यसका लागि आवश्यक सामान भारतबाट ल्याउनुपर्छ त्यसका लागि छिटो ल्याउने प्रयत्न भइरहेको छ’ सोमबार मेलम्चीको मुहान क्षेत्रको अवलोकनपछि मन्त्री मगरले भनिन्, ‘अस्थायी ड्यामबाटै पनि काठमाडौंमा पानी पठाउन सक्ने भएपनि स्थायी ड्याम बनाएरमात्रै काठमाडौमा पानी पठाउने तयारीमा हामी लागेका छौ ।’

उनले आयोजनाको काम गरिरहेको सिनो हाइड्रो कम्पनीले उत्साहजनक ढंगले काम गरिरहेको भन्दै काम गर्दै जाँदा कुनै अप्ठेरो नआए निर्धारित समयमै काम सकिने जानकारी दिइन् । उनले काठमाडौमा पानी प्रशोधन केन्द्रहरु निर्माण भइसकेको भन्दै  नयाँ पुरानो दुवै पाइपलाइनबाट पानी वितरण गर्ने व्यवस्था मिलाएको दावी गरिन् ।

यसअघि सरकारले मेलम्ची आयोजनाको काम गर्दै आएको इटालियन ठेकेदार कम्पनीसँगको सम्झौता २०७५ माग २५ गते ठेक्का तोडेको थियो । 

त्यसपछि गत असोजमा चनियाँ कम्पनी सिनो हाइड्रोसँग मेलम्चीको ठेक्का सम्झौता भएको थियो । 

सिएमसीले अलपत्र पारेको बाँकी कामको जिम्मेवारी १२ महीनामा पूरा गर्ने गरी कूल रु ८५ करोड एक लाख ९४ हजार ४५८ मा चिनियाँ कम्पनी सिनो हाइड्रो जिम्मा लिएको हो ।

सम्झौता अनुसार सिनो हाइड्रोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार गर्ने जिम्मा लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप