बायर्न म्युनिखलाई उसैको मैदानमा बराबरीमा रोक्यो रियल म्याड्रिडले
काठमाडौँ । च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलको पहिलो लेग खेलमा स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले बलियो जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई उसैको घरेलु मैदानमा २–२ गोलको बराबरीमा रोकेको छ ।
रियल म्याड्रिडले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । सेमिफाइनलको दोस्रो लेग खेल रियल म्याड्रिडको घरेलु मैदानमा खेलिने छ । रियल म्याड्रिडका लागि दुवै गोल भिनिसियस जुनियरले गरेका थिए ।
खेलमा सुरुआती अग्रता पनि रियल म्याड्रिडले नै लिएको थियो । खेल सुरु भएको २४औँ मिनेटमा भिनिसियसले रियल म्याड्रिडका लागि पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा रियल अगाडि रह्यो ।
निर्धारित समयको ५३औँ मिनेटमा लेरोय सानेले बायर्न म्युनिखका लागि बराबरी गोल गरे । त्यसको चार मिनेटपछि नै ह्यारी केनले अर्को गोल थप्दै बायर्न म्युनिखलाई २–१ को अग्रता दिलाएका थिए ।
तर, निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि भिनिसियसले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै रियल म्याड्रिडलाई सम्भावित हारबाट जोगाएका थिए । उनले दोस्रो गोल पेनाल्टीमार्फत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण