बायर्न म्युनिखलाई उसैको मैदानमा बराबरीमा रोक्यो रियल म्याड्रिडले
काठमाडौँ । च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलको पहिलो लेग खेलमा स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले बलियो जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई उसैको घरेलु मैदानमा २–२ गोलको बराबरीमा रोकेको छ ।
रियल म्याड्रिडले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । सेमिफाइनलको दोस्रो लेग खेल रियल म्याड्रिडको घरेलु मैदानमा खेलिने छ । रियल म्याड्रिडका लागि दुवै गोल भिनिसियस जुनियरले गरेका थिए ।
खेलमा सुरुआती अग्रता पनि रियल म्याड्रिडले नै लिएको थियो । खेल सुरु भएको २४औँ मिनेटमा भिनिसियसले रियल म्याड्रिडका लागि पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा रियल अगाडि रह्यो ।
निर्धारित समयको ५३औँ मिनेटमा लेरोय सानेले बायर्न म्युनिखका लागि बराबरी गोल गरे । त्यसको चार मिनेटपछि नै ह्यारी केनले अर्को गोल थप्दै बायर्न म्युनिखलाई २–१ को अग्रता दिलाएका थिए ।
तर, निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि भिनिसियसले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै रियल म्याड्रिडलाई सम्भावित हारबाट जोगाएका थिए । उनले दोस्रो गोल पेनाल्टीमार्फत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
-
सूचना बेच्ने राष्ट्रघातीलाई कारबाही नगरे रविलाई नै प्रधानमन्त्रीले कारबाही गर्नुपर्छ : मैनाली
-
कर्णाली प्रदेशमा हाप्किडो राष्ट्रिय प्रतियोगिता
-
जर्मनीमा काठमाडौँ किकर्स च्याम्पियन
-
कर्णालीको नयाँ बजेटबारे निजी क्षेत्रको अपेक्षा के छ ?
-
कोशीका चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान