विराटलाई विश्वकप टोलीमा समावेश गर्न बीसीसीआईलाई रोहित शर्माको सुझाव
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखमा सुरु हुँदैछ । टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मे १ तारिखभित्र टोलीको घोषणा गर्नुपर्ने समय तोकेको छ ।
तर, हालसम्म न्युजिल्यान्डले मात्र विश्वकपका लागि टोलीको घोषणा गरेको छ । भारतले पनि मंगलबार टी–२० विश्वकपका लागि टोलीको घोषणा गर्ने सम्भावना छ । यसका लागि हाल भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को बैठक बस्दैछ ।
बैठकअघि कप्तान रोहित शर्माले बीसीसीआईलाई आफ्नो सुझाव दिएका छन् । उनले विराट कोहलीलाई पनि विश्वकप टोलीमा समावेश गरिनु पर्ने सुझाव बीसीसीआईलाई दिएका हुन् । पछिल्लो समय विराटलाई टोलीमा समावेश गर्ने वा नगर्ने भन्ने विषयमा बीसीसीआई दोधारमा देखिएको छ ।
विराटलाई टोलीमा समावेश गर्दा विश्वकपमा भारतको ब्याटिङ पक्ष बलियो हुने कप्तान रोहितको सुझाव छ । यसका अतिरिक्त विराट सिनियर र अनुभवी खेलाडी भएकाले त्यसको सकारात्मक प्रभाव पनि टोलीमा पर्ने रोहितको बुझाई छ ।
कप्तान रोहितको सुझावपछि विराट विश्वकप टोलीमा पर्ने लगभग निश्चित देखिएको छ । रोहित र विराटका अतिरिक्त केएल राहुल र सूर्यकुमार यादब पनि टोलीमा पर्ने निश्चित देखिएको छ ।
खासगरी जारी इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका शिवम दुबे र रिंकु सिंहजस्ता खेलाडीको विषयलाई लिएर बीसीसीआई दबाबमा परेको छ । पछिल्लो समय मोहम्मद सामी घाइते भएकाले बीसीसीआईलाई तिब्रगतिका बलरको चिन्ताले पनि सताएको छ ।
तिब्रगतिको बलिङमा जसप्रित बुमराहलाई कसले साथ दिने भन्ने विषयमा बीसीसीआई अन्यौलमा देखिएको छ । यस्तो अवस्थामा अर्शदीप सिंहलाई टोलीमा समावेश गर्न सकिने सम्भावना देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण