मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
विश्व श्रमिक दिवस

श्रमिक दिवसकै दिन श्रममा रमाएकाहरू (फोटो फिचर)

बुधबार, १९ वैशाख २०८१, ०९ : २६
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदै छ ।  विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरूक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् ।  

मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ ।

नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ । मजदुर दिवसका अवसरमा  ट्रेड युनियनहरूले विभिन्न कार्यक्रमको आयोजना गरे पनि श्रमिकहरू भने नियमित कर्ममै व्यस्त रहने गरेका छन् । हेरौँ श्रमिक दिवसका दिन श्रममै रमाएकाहरूको केही तस्बिरहरू:

International Labour Day_AB_5452International Labour Day_AB_5461International Labour Day_AB_5462International Labour Day_AB_5464International Labour Day_AB_5465International Labour Day_AB_5466International Labour Day_AB_5468International Labour Day_AB_5469International Labour Day_AB_6483

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप