एकल गायन सुनिए डेनी
काठमाडौं । सांस्कृतिक संस्थानले हरेक महिना आयोजना गर्दै आएको एकल गायन श्रृंखला ‘सुर साधना’को अठारौं श्रृंखलामा गायक तथा संगीतकार डेनी निरौला गुन्जिएका छन् ।
गीतकार चेतन कार्की, गायक तथा संगीतकार गणेश रसिक, गीतकार सुवासचन्द्र ढुंगेल, संगीतकार भुपेन्द्र रायमाझी, गायक गणेश पराजुली लगायतको उपस्थिति रहेको कार्यक्रममा डेनीले ‘म जिउँदो लाश’को बोल रहेको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका थिए ।
कार्यक्रममा डेनीले ‘धेरै धेरै लामो कथा’, ‘फूल दिन्छु भन्थ्यौ’, ‘लाली हुँदो रहेछ माया’ लगायतका गीत आफ्नी आमालाई समर्पण गरेर गाएका थिए ।
बहिनी झुमा निरौलाले युगल गायनमा साथ दिएको कार्यक्रममा डेनीलाई खड्ग बुढा मगर, लोकराज राई, अनुप दास, रोहित सुवेदी, दुर्गाप्रसाद खतिवडा, दीपेन्द्र बज्राचार्य, भगिरथ सुस्लिङ, सिता मैया राजचल र नरेश प्रजापतिले वाद्यवादनमा सहयोग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा
-
विश्वव्यापी सांस्कृतिक उत्सव बनिरहेका खेलकुद प्रतियोगिता
-
दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’
-
विश्वकप २०२६ उद्घाटन समारोहः नेपालबाट कसरी हेर्न सकिन्छ ?
-
सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भिडियो भाइरल
-
तेस्रो ध्रुवको हिमनदी पग्लँदै : एसियाको जलसुरक्षामा बढ्दो जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण