कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र बोर्ड हटाउन निर्देशन
मङ्गलबार, ०२ असार २०८३, १४ : २३
सारांश
- जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र कार्यालय छाड्न र साइन बोर्ड हटाउन निर्देशन दिएको छ।
- कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैर सरकारी प्रकृतिका प्राविधिक वा पेसागत सङ्घ, सङ्गठन, संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो ।
- सूचनामा सात दिनभित्र ती कार्यालयहरू हटाई स्थानान्तरण गर्न, ओगटेको क्षेत्र खाली गर्न र बोर्डहरू हटाउन भनिएको छ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र कार्यालय छाड्न र साइन बोर्ड हटाउन निर्देशन दिएको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
सूचनामा भनिएको छ,‘‘काठमाडौँ जिल्लास्थित विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैर सरकारी प्रकृतिका प्राविधिक वा पेसागत सङ्घ, सङ्गठन, संस्थाहरूको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, जिल्ला कार्यालय, सम्पर्क कार्यालय वा इकाई कार्यालयका साइनबोर्ड, राखी सरकारी भवन संरचनाभित्रै रहे/भएको छ भने देहाय बमोजिम गर्न भनिएको छ ।’
कुनै पनि सङ्घसंस्थाहरूका त्यस्ता प्रकृतिका कार्यालयहरू सात दिनभित्र हटाई स्थानान्तरण गर्न भनिएको छ । साथै त्यस्ता संघसस्थाले ओगटेको क्षेत्र खाली गर्न र बोर्डहरू हटाउन समेत भनिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
-
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण