शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एसईई परीक्षा नियमित तालिकामै सञ्चालन हुन्छः मन्त्री खतिवडा

मङ्गलबार, ०४ चैत २०७६, १८ : ३५
मङ्गलबार, ०४ चैत २०७६

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) नियमित तालिकामै सञ्चालन हुने बताएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम भएपनि उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नियमित तालिका अनुसार नै एसइइ परीक्षा सञ्चालन हुने बताए । उनले शिक्षा मन्त्रालयले समेत परीक्षा नियमित तलिका अनुसार नै सञ्चालन हुने गरी व्यवस्थापकीय तयारी गरिरहेको समते बताए ।

कोरोना भाइरको संक्रमण देखिएका मुलुकमा समेत परीक्षाहरु सञ्चालन भइराखेको उल्लेख गर्दै विद्यार्थीमा समस्या देखिए छुट्टै व्यवस्था गरेर पनि सरकारले परिक्षा सञ्चालन गर्ने उनले बताए । उनले भने, ‘एसइइ लाई अहिले हामीले तालीकामै लैजाने भनेर शिक्षा मन्त्रालयले बक्तव्य जारी गरिसकेको छ । कोरोनाको संक्रमण देखिएका मुलुकहरुमा पनि परिक्षा चाहि नियमितै गर्नुभएको छ ।

त्यो परीक्षा गरिरहँदाखेरी केही पूर्व तयारी हामीलाई चाहिन्छ । जस्तो परीक्षा हलमा प्रवेश गर्दा समान्य टेम्प्रेचर ज्वरो नापेर पठाउने एउटा यदि शंका लाग्यो भने हामीले आइसोलेटेड रुममा राखेर त्यस्तो रुममा पनि निश्चित फरकमा दूरीमा विद्यार्थीहरुलाई राखेर परिक्षा लिने र त्यसको लागि स्वास्थ्यकर्मीहरु खटाउन पर्ने ठाउँमा खटाउने र प्रदेश र स्थानीय तहको पनि त्यहाँनेर भूमिका हुन्छ ।’

चैत्र ६ गतेदेखि नै नियमित तालिकाअनुसार यथावत रुपमा परीक्षा सञ्चालन हुने उनले बताए । यस वर्ष ४ लाख ८२ हजार २ सय १९ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागि हुँदै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप