प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने
शुक्रबार, ०७ चैत २०७६, १४ : ०६
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ६ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।
सरकारले नोभल कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ । दोश्रोपटक मृर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई संक्रमण हुने डरले सम्बोधनका क्रममा अन्य पत्रकारहरुलाई प्रवेश नदिइएको जनाइएको छ ।
सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ । सरकारले यसअघि नै २५ जनाभन्दा बढीको भीड नगर्न सर्वसाधारणलाई आह्वान गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण