प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने
शुक्रबार, ०७ चैत २०७६, १४ : ०६
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ६ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।
सरकारले नोभल कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ । दोश्रोपटक मृर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई संक्रमण हुने डरले सम्बोधनका क्रममा अन्य पत्रकारहरुलाई प्रवेश नदिइएको जनाइएको छ ।
सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ । सरकारले यसअघि नै २५ जनाभन्दा बढीको भीड नगर्न सर्वसाधारणलाई आह्वान गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
आमिर खानले गरे ‘सरफरोश २’को घोषणा
-
सरकारसँगको सहमति पालना नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शन (तस्बिरहरू)
-
संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक : कांग्रेस
-
सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक
-
अपाङ्गता भएका व्यक्तिहरूको काठमाडौँमा दबाबपूर्ण र्याली (तस्बिरहरू)