कोरोनाको उपचारका लागि बुटवलमा पनि २४ घण्टाभित्रै १ सय बेडको अस्पताल बन्दै, तस्बिरमा हेर्नुहोस्
बुटवल । बुटवलमा एकसय बेडको आइसोलेसन अस्पताल निर्माणको काम तिव्र रुपमा अघि बढेको छ । बुटवल उपमहानगरपालिकाको अगुवाईमा रामनगरस्थित औद्योगिक क्षेत्रमा सय बेडको आइसोलेसन अस्पताल निर्माण हुन लागेको हो । उपमहानगरले बन्द अवस्थामा रहेको धागो कारखानालाई आइसोलेसन अस्पतालका रुपमा प्रयोग गर्न थालेको छ । शुक्रबार बिहानबाट सुरु भएको अस्पताल निर्माणको काम २४ घण्टाभित्र सक्ने तयारी छ ।
एक सय बेडको आइसोलेसन अस्पताल सञ्चालनका लागि तिव्र रुपमा काम शुरु गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले रातोपाटीलाई बताए । उने भने, ‘भोली साँझसम्म बिरामी ल्याएर सुताउन मिल्ने गरी काम भइरहेको छ । यहि अस्पताल बनाउनका लागि दिउँसोदेखि नै फिल्डमा छु ।’ त्यसका लागि आवश्यक प्राविधिक सहयोग लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले गर्ने भएको छ ।
शनिवार साँझसम्म सञ्चालनमा ल्याउने तयारी स्वरुप अहिले धागो कारखाना परिसरमा शौचालय निर्माण, विद्युत जडान तथा रङरोगनको काम भइरहेको छ । निर्माण व्यवसायी संघ रुपन्देहीले अस्पतालको लागि ३० वटा अस्थायी शौचालय निर्माण गरिदिने भएको छ । त्यस्तै बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि १ सय थान सुरक्षित एप्रोन काठमाडौंबाट ल्याउँदै गरिएको सुवेदीले जानकारी दिए ।
बुटवलमा हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएको कुनैपनि विरामी नभेटिएपनि कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर दैनिक चार पाँच जना बिरामी आउने गरेका छन् । ती बिरामीहरुको ल्याब परिक्षणको रिपोर्ट नआउँदासम्म आईसोलेसन अस्पतालमै राखी उपचार गरिने उपमहानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थापा र लेखकको ‘होमवर्क’ बोकेर कांग्रेसतर्फका कार्यदल सदस्य फेरि बैठकमा
-
नेविसंघको नारा : चिया छानेको सहकारी ठग जोगाउन कत्ति जानेको (तस्बिरहरु)
-
किशोरीलाई ‘आँखा झिम्क्याएको निहुँ’मा प्रहरी जवानको हत्या
-
बारले उठायो सर्वोच्चको न्यायाधीश नियुक्ति र प्रधानन्यायाधीशको संवैधानिक परिषद्मा सहभागितामा प्रश्न
-
चिन स्ट्रयापमा झुन्डिएर व्यायाम गर्न खोज्दा पुरुषको मृत्यु
-
अख्तियारको कर्मचारी भन्दै विद्यालयका शिक्षक धम्क्याएको आरोपमा पक्राउ