स्थलमार्ग हुँदै भारतबाट आउने नेपाली बढे
काठमाडौं । कोरोना भाइरसको जोखिम फैलिएसँगै छिमेकी मुलुक भारतमा रहेका नेपालीहरू धमाधम स्वदेश फिर्ता हुन थालेका छन् । रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका नेपाली पछिल्ला केही दिनयता नेपाल फर्कने क्रम बढ्दो छ । सरकारले नेपाल–भारत नाकामा आवतजावत कडाइ गरे पनि शनिवार मात्रै ठूलो सख्यामा नेपालीहरू स्वदेश फर्केपछि तिनको स्वास्थ्य परीक्षण गर्न सीमामा रहेका स्वास्थ्यकर्मीलाई चुनौती बनेको थियो ।
भारतसँग जोडिएका नाकाहरूमध्ये शनिवार सबैभन्दा बढी विराटनगरको रानी नाकाबाट १८ हजार नेपाल भित्रिए । यस नाकामा स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहारामा भीड व्यवस्थापन गरिएको थियो ।
भारतीय पक्षले समेत चेकजाँच गरेर मात्रै नेपाल पठाइरहेका कारण चेकजाँच सामान्य तवरले भएको रानी नाकामा स्वास्थ्य परीक्षणमा संलग्न संजयकुमार सिंहले बताए । यसअघि शुक्रवार सोही नाकामा १७ हजार ७ सय ५० जना र बिहीवार २४ हजार १ सय १३ जनाको स्वास्थ्य परीक्षण गरिएको सिंहले बताए ।
कञ्चनपुरको गड्डाचौकीबाट १४ हजार नेपाली स्वदेश फर्किए । कोरोना संक्रमणबाट जोगिन शनिवार बिहानैदेखि गड्डाचौकी नाकामा ठूलो भीड लागेको थियो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार नेपाल प्रहरी र सशस्त्रको सहारामा भीडलाई व्यवस्थापन गरिएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण