कोरोनाविरुद्ध बसन्त चौधरीले रचे यस्तो गीत (भिडियो सहित)
बुधबार, १२ चैत २०७६, २० : ४५
काठमाडौं– कोरोनाभाइरसको महामारीविरुद्ध साहित्यकार तथा उद्योगपती बसन्त चौधरीद्वारा रचित गीत सार्वजनिक भएको छ ।
कोरोनाविरुद्ध सचेत र सुरक्षित रहन आह्वान गर्दै ‘एकजुट भएर यो महामारीसँग हामी लड्न सक्छौं’ बोलको गीत सार्वजनिक भएको हो । चौधरीले रचना गरेको गीतमा जेम्स प्रधानको संगीत रहेको छ ।
गीतमा रामकृष्ण ढकाल, बबिन प्रधान, सुवानी मोक्तान, प्रीति कौर, भीम तुलाधर, विश्व नेपाली, धर्मेन्द्र सेवान, राज सागर, प्रलीन र मीना निरौलाको स्वर रहेको छ ।
सिजी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोलाई विक्रम श्रेष्ठले छायांकन गरेका छन् भने स्नेहा शर्माको सहयोग, अनिल तण्डुकारको सम्पादन र राजेन्द्र शलभको संयोजन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको काज फिर्ता गर्न देशभरका समन्वय इकाइलाई परिपत्र
-
गण्डकी विवाद : सर्वोच्चले जारी गर्यो अल्पकालीन अन्तरिम आदेश
-
विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता
-
गार्मेन्टको स्वर्णिमयुग फर्काउन बजेटले के–कस्तो व्यवस्था गर्नुपर्छ ?
-
केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु