भारतमा कोरोना संक्रमणबाट मर्नेको संख्या २६ पुग्यो, मुम्बईमा डाक्टरकै मृत्यु
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । आज एकैदिन केरला, गुजरात, महराष्ट्र र तेलंगानामा ४ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या २६ पुगेको हो । त्यस्तै संक्रमति हुनेहरुको संख्या ९०० पुगेको दैनिक भाष्करले जनाएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण सबैभन्दा बढी मुम्बईमा ६ जनाको मृत्यु भएको जनाइएको छ ।
६ जनामध्ये एक जना चिकित्सकको समेत मृत्यु भएको छ । ८५ वर्षीय शल्यचिकित्सकको मृत्यु भएपछि अस्पतालनै शिल गरिएको जनाइएको छ । शनिबार गुजरात ४६ वर्षीय महिलाको मृत्यु भएको छ । त्यस्तै शनिबार तेलंगानामा संक्रमणबाट पहिलो मृत्यु भएको छ भने गुजरातमा मर्नेको संख्या ४ पुगेको छ ।
यस्तो छ भारतमा संक्रमणका कारण मर्नेका तालिकाः
९ देखि २२ मार्चमा २ जनाको मृत्यु (कर्नाटक र नयाँ दिल्ली )
१६ देखि २२ मार्च ५ जनाको मृत्यु (त्यसमध्ये महाराष्ट्रमा २ जना, अन्य ३ जना पञ्जाव, बिहार र गुजरात)
२३ मार्चः पश्चिम बंगाल १, हिमाञ्चलमा १
२४ मार्चः महाराष्ट्रमा १
२५ मार्चः तमिलनाडु १, मध्यप्रदेश १ र गुजारत १
२६ मार्चः जम्मु काश्मिर १, महाराष्ट्र १, गुजरात १, राजस्थान २, कनार्टक १ र मध्यप्रदेश १
२७ मार्चः महाराष्ट्रमा १, कर्नाटकमा १
२८ मार्चः केरला १, गुजरात १, महाराष्ट्र १ र तेलंगाना १
एजेन्सीको सहयोगमा रातोपाटीको अनुवाद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईयुक्त क्यामरा भएको ईयरबड्स ल्याउँदै मेटा
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे
-
म्याथ्यू हेडेन भन्छन्- ‘आईपीएलमा धोनीले खेलाडीको भूमिकामा अन्तिम खेल खेले’
-
सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, सडकदेखि सदनसम्म मोर्चाबन्दी गरिने
-
सुर्खेतको कटकुवामा मिनिबस दुर्घटना : दुई जनाको मृत्यु
-
२४ सै घण्टा मोबाइल चलाउनु हुन्छ ? यस्ता हुन सक्छन् साइड इफेक्ट