२४ सै घण्टा मोबाइल चलाउनु हुन्छ ? यस्ता हुन सक्छन् साइड इफेक्ट
काठमाडौँ । हिजोआज स्मार्टफोन मानिसको जीवनको अभिन्न अङ्ग बनेको छ । स्मार्टफोन हरेक चीजभन्दा माथि छ ।
मान्छेले मान्छेलाई अहिले त्यति माया गर्दैन जति मोबाइललाई गर्छ । मानिसहरू आफ्नो साथमा हिँडिरहने व्यक्तिलाई भुल्न सक्छन्, तर फोनलाई बिर्सिँदैनन् । कयौँ मानिसहरू कामको लागि मात्र मोबाइल फोन प्रयोग गर्छन् । केही मानिसहरू गेम खेल्न मोबाइलको प्रयोग धेरै गर्छन् ।
केही मान्छे त दिनमै १२–१४ घण्टासम्म पनि मोबाइल चलाइरहन्छन् । यसरी लामो समयसम्म मोबाइल चलाउनु स्वास्थ्यका लागि हानिकारक कुरा हो ।
लामो समयसम्म मोबाइल प्रयोग गर्दाका बेफाइदाहरू:
- आँखामा दबाब:
लामो समयसम्म मोबाइलको स्क्रिनमा हेरिरहँदा आँखामा दबाब उत्पन्न हुन्छ । यो आँखाका लागि हानिकारक हुन सक्छ ।
- स्वास्थ्य समस्या:
निकै लामो समयसम्म मोबाइल चलाउँदा घाँटी र ढाड दुख्न सक्छ । यसबाहेक लामो समयसम्म स्क्रिनमा हेरिरहँदा टाउको पनि दुख्न सक्छ ।
- निद्रामा समस्या:
राती लामो समयसम्म मोबाइल चलाउँदा निद्रामा समस्या आउन सक्छ । मोबाइलबाट निस्किने निलो बत्तीले निद्राको गुणस्तरमा असर गर्छ ।
- मानसिक स्वास्थ्य समस्याहरू:
मोबाइलको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यलाई पनि असर गर्न सक्छ । यस्ता मानिसहरूमा अत्यधिक तनाव, चिन्ता र डिप्रेसन जस्ता समस्याहरू देखिन्छ । कहिलेकाहीँ फोन नभेटिँदा अनावश्यक रूपमा बेचैनी उत्पन्न हुन सक्छ ।
तपाई पनि लामो समयसम्म मोबाइल चलाउनु हुन्छ वा स्क्रिनमा समय बिताउनु हुन्छ भने खाना खाँदा, टिभी हेर्दा वा कसैसँग कुरा गर्दा मोबाइल प्रयोग नगर्नु नै राम्रो हुन्छ । अत्यावश्यक हुँदा मात्र फोन प्रयोग गर्नुहोस् । मोबाइलको अत्यधिक प्रयोगले हाम्रो वास्तविक जीवनमा अलमल निम्त्याउँछ र सामाजिक एवम् पारिवारिक सम्बन्धलाई पनि हानि पुर्याउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण