‘१२ गाउँ’ को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘१२ गाउँ’ को छायाङ्कन सुरु भएको छ । अभिनेता बिराज भट्टको निर्देशन रहने फिल्मको छायाङ्कन सोमबारदेखि ललितपुरको हात्तीवनबाट सुरु गरिएको हो ।
विराजका छोरा समीरले डेब्यु गर्न लागेको फिल्ममा पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराई पनि फिल्म अभिनयमा डेब्यु गर्दैछन् ।
ललितपुरपछि वीरगन्ज, हेटौँडा लगायतका स्थानमा छायाङ्कन हुने फिल्ममा कनिज कोइराला, सुलेमान शंकर ‘इकु’, मुरलीधर, कालु राना, सन्तोष सरकार लगायतको अभिनय रहनेछ ।
४५ दिनको सेडुलसहित सुरु भएको फिल्मका छायाकार महेश पौडेल हुन् । फिल्मको पटकथा सन्तोष सरकारले लेखेका हुन् । दक्षिण भारतीय फिल्ममा एक्सन कोरियोग्राफरको रुपमा चर्चित सिल्भा मास्टरको द्वन्द्ध फिल्ममा रहनेछ । एक्सन–थ्रिलर जनरामा फिल्म बन्न लागेको हो । फिल्मका प्रोडक्सन म्यानेजर सुवास काफ्ले रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण