म्याथ्यू हेडेन भन्छन्- ‘आईपीएलमा धोनीले खेलाडीको भूमिकामा अन्तिम खेल खेले’
काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल)का पनि सर्वाधिक सफल कप्तान हुन् । यद्दपि, उनको टोली जारी सिजनको आईपीएलमा लिग चरणबाटै बाहिरिएको छ ।
धोनीको कप्तानीमा उनको टोली चेन्नई सुपर किङ्सले पाँचपटक आईपीएलको उपाधि जितिसकेको छ । धोनीका अतिरिक्त रोहित शर्माले मात्र कप्तानको भूमिकामा आफ्नो टोली मुम्बई इन्डियन्सलाई पाँचपटक आईपीएलको उपाधि जिताएका छन् ।
जारी सिजनको आईपीएलमा धोनीको टोली चेन्नई अंक तालिकाको पाँचौँ स्थानमा रह्यो । चेन्नईले १४ मध्ये सात खेलमा जित र सात खेलमा हारको नतिजा निकाल्यो । समान १४ अंक बटुलेको रोयल च्यालेन्जर्स बैंगलुरु चेन्नईलाई नेट रन रेटमा पछि पार्दै प्ले–अफ चरणमा पुग्न सफल भयो ।
आईपीएलको यो सिजन सुरु हुनुअघि नै धोनीले खेलाडीको भूमिकाबाट विदा लिने अनुमान गरिएको थियो । तर, ४३ औँ वर्ष प्रवेशको तयारीमा रहेका धोनीले धेरैको अनुमान विपरित आईपीएलको यो संस्करणमा खेलाडीकै भूमिका निर्वाह गरे ।
यद्दपि, उनी यसपटक कप्तानको भूमिकामा भने देखा परेनन् । आईपीएल सुरु हुनुभन्दा ठिकअघि कप्तानको भूमिका युवा खेलाडी ऋतुराज गायकवाडलाई दिइएको थियो । जारी सिजनको आईपीएलमा उनले बैंगलुरुविरुद्ध आफ्नो अन्तिम खेल खेलेका थिए । त्यो खेलमा चेन्नई २७ रनले विजयी भएको थियो ।
यो सिजन चेन्नई उपाधि होडबाट बाहिरिए लगत्तै पुनः धोनीको विषयमा विभिन्न चर्चा सुरु भएको छ । धोनीले खेलाडीको भूमिकामा अर्को सिजनको आईपीएल खेल्छन् वा खेल्दैनन् भन्ने विषयमा समर्थकहरु विभिन्न अनुमान लगाइरहेका छन् । यस विषयमा धोनी आफैले भने केही बताएका छैनन् ।
आईपीएलको प्रारम्भिक संस्करणहरुमा धोनीसँगै खेलेका प्रभावशाली अस्ट्रेलियन क्रिकेटर म्याथ्यू हेडेनले भने आगामी सिजनको आईपीएलमा धोनी खेलाडीको भूमिकामा देखिने सम्भावना निकै कम रहेको बताएका छन् ।
हेडेनले धोनी आगामी सिजनको आईपीएलमा अन्य भूमिकामा चेन्नईसँग जोडिने बताएका छन् । ‘आईपीएलको अर्को सिजनमा पनि धोनी चेन्नईसँगै हुनेछन् । तर, अर्को सिजनमा उनी खेलाडीको भन्दा पनि अन्य भूमिकामा सक्रिय रहने छन्,’ ५२ वर्षीय हेडेनले भनेका छन् ।
हेडेनले बैंगलुरुविरुद्धको खेल नै आईपीएलमा खेलाडीको भूमिकामा धोनीको अन्तिम खेल भएको दाबी गरेका छन् । ‘मेरो विचारमा रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्धको खेल नै आईपीएलमा खेलाडीको भूमिकामा धोनीको अन्तिम हो थियो । अर्को संस्करणमा उनी चेन्नईको मेन्टर वा प्रशिक्षण स्टाफको भूमिकामा देखा पर्नेछन्,’ हेडेनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण