एआईयुक्त क्यामरा भएको ईयरबड्स ल्याउँदै मेटा

क्यालिफोनिर्या । सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाले बेला–बेलामा अनौठा–अनौठा प्रडक्टहरू ल्याउने गरेको छ । मार्क जुकर वर्गको यस कम्पनीले बजारमा ल्याएका ल्याएका सबै प्रडक्टलाई युजरहरूले मन पराएका छैनन् । यो फरक कुरा हो ।
कम्पनीले अब नयाँ खालको इयरबडमा काम गरिरहेको छ । यो इयरबडमा इन–बिल्ट क्यामेरा पनि हुनेछ । सुन्दा अलि अनौठो लाग्न सक्छ । तर यो कुरा सत्य हो । तपाईले प्रायः गीत सुन्न प्रयोग गर्ने इयरबडमा अब क्यामेरा पनि हुनेछ । मेटाले यो इयरबडको नाम क्यामेराबड्स राखेको छ ।
कस्तो हुनेछ मेटाको क्यामेराबड ?
रिपोर्टका अनुसार क्यामेराबडका दुवै बडमा क्यामेरा जडान गरिनेछ । यी क्यामेराले तपाईंको आसपास भएका चीजहरू रेकर्ड गर्नेछन् र तपाईंको प्रश्नहरूको जवाफ दिनेछन् । मेटाको यो प्रोजेक्ट अहिले प्रारम्भिक चरणमै छ । यसबाहेक कम्पनीले यसको डिजाइन कस्तो हुने भन्नेबारे पनि अन्तिम निर्णय गरेको छैन ।
क्यामेराबडमा एआई सपोर्ट गर्नेछ । यसले अनुवादको काम पनि गर्नेछ । दुवै बडमा बाहिरी भागमा क्यामेरा जडान हुनेछ । रिपोर्टका अनुसार यी बडहरूले मल्टिमोडल एआई र यसमा जडान गरिएको क्यामेरा सर्पोट गर्नेछ । प्रयोगकर्ताहरूसँग बडको स्मार्ट चस्मा जस्तै हुनेछ कि ल्याग फ्रि हुन्छ भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु