एआईयुक्त क्यामरा भएको ईयरबड्स ल्याउँदै मेटा
क्यालिफोनिर्या । सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाले बेला–बेलामा अनौठा–अनौठा प्रडक्टहरू ल्याउने गरेको छ । मार्क जुकर वर्गको यस कम्पनीले बजारमा ल्याएका ल्याएका सबै प्रडक्टलाई युजरहरूले मन पराएका छैनन् । यो फरक कुरा हो ।
कम्पनीले अब नयाँ खालको इयरबडमा काम गरिरहेको छ । यो इयरबडमा इन–बिल्ट क्यामेरा पनि हुनेछ । सुन्दा अलि अनौठो लाग्न सक्छ । तर यो कुरा सत्य हो । तपाईले प्रायः गीत सुन्न प्रयोग गर्ने इयरबडमा अब क्यामेरा पनि हुनेछ । मेटाले यो इयरबडको नाम क्यामेराबड्स राखेको छ ।
कस्तो हुनेछ मेटाको क्यामेराबड ?
रिपोर्टका अनुसार क्यामेराबडका दुवै बडमा क्यामेरा जडान गरिनेछ । यी क्यामेराले तपाईंको आसपास भएका चीजहरू रेकर्ड गर्नेछन् र तपाईंको प्रश्नहरूको जवाफ दिनेछन् । मेटाको यो प्रोजेक्ट अहिले प्रारम्भिक चरणमै छ । यसबाहेक कम्पनीले यसको डिजाइन कस्तो हुने भन्नेबारे पनि अन्तिम निर्णय गरेको छैन ।
क्यामेराबडमा एआई सपोर्ट गर्नेछ । यसले अनुवादको काम पनि गर्नेछ । दुवै बडमा बाहिरी भागमा क्यामेरा जडान हुनेछ । रिपोर्टका अनुसार यी बडहरूले मल्टिमोडल एआई र यसमा जडान गरिएको क्यामेरा सर्पोट गर्नेछ । प्रयोगकर्ताहरूसँग बडको स्मार्ट चस्मा जस्तै हुनेछ कि ल्याग फ्रि हुन्छ भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण