बैंकहरूको खराब कर्जाको दर झन् बढ्यो, वित्तीय व्यवस्थापनमा चुनौती
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर (एनपीएल) झन् बढेको छ । अघिल्लो महिना ३.७३ प्रतिशत रहेको बैंकहरूको औसत खराब कर्जाको दर चैत मसान्तसम्ममा थप वृद्धि भएर ३.९८ प्रतिशत पुगेको हो ।
यसले बैंकहरूमाथि वित्तीय व्यवस्थापन (लोन लस प्रोभिजन) मा चुनौती थपेको छ । चैत मसान्तसम्म बैंकहरूले कूल ४५ अर्ब ४३ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् ।
यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५१ खर्ब २० अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यसमध्येको औसत ३.९८ प्रतिशत खराब कर्जामा रुपान्तरण भएकोमा करिब २ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको लगानी जोखिममा परेको छ ।
जोखिममा परेको लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूले नाफाबाट २ खर्ब ३२ अर्ब बढी रकम प्रोभिजन (वित्तीय व्यवस्थापन) का लागि छुट्याएको केन्द्रीय बैंकले जनाएको छ ।
२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले यस्तो प्रोभिजनका लागि २ खर्ब १८ अर्ब ३८ करोड रुपैयाँ हाराहारी छुट्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण