मितेरी पुलमा भारतीयहरु भोकभोकै
वीरगन्ज । वीरगन्ज रक्सौल नाकामा नेपालबाट घर फर्किन लागेका करिब एक हजारभन्दा बढी भारतीय नागरिकहरु रोकिएर अलपत्र परेका छन् । नेपालका विभिन्न स्थानबाट बसमा सवार भइ वीरगन्ज आएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएका कारण नाकामा रहेको मितेरी पुलमै आइतवार मध्यरातदेखि रोकिएका हुन् ।
मितेरी पुलमा रहेको भारतीय चेकपोस्टमा ढाट खसाएरु बसेका भारतीय सुरक्षकर्मीले नेपालबाट गएका भारतीयहरुलाइ सोमबार दिउसो सम्म पनि छिर्न दिएका छैनन् ।
मितेरी पुलमा राति ११ बजे पुग्दा भारतीय सुरक्षाकर्मीले छिर्न नदिएको बिहार बेतियाका विनोद कुमार साहले बताए । भारतीय सुरक्षाकर्मीहरुले भारतीय सरकारबाट निर्देशन नआएसम्म छिर्न नदिने भन्दै रोकेर राखेको उनले बताए ।
मितेरी पुल आसपासमा खाजा नास्ता खाने कुनै पसल वा होटल पनि नखुलेकाले भोकै रहेको पनि गुनासो उनले गरे ।
वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत सुरेश कुमारले अलपत्र परेकाहरुका लागि आफूहरुले खानाको प्रबन्ध मिलाउने तयारी गरिरहेको बताए । तर उनीहरुलाई भारत प्रवेश गर्न दिने कि नदिने विषयमा भने आफुहरुले केहि निर्णय गर्न नमिल्ने उनले बताए ।
भारतमा लक डाउन हुदाका बाबजुद पनि नेपालबाट भारतीयलाइ भारत तिर जान दिनुमा नेपाल सरकारको त्रुटी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण