यसकारण हटाइयो कालीमाटीको खुद्रा तरकारी पसल
काठमाडौं । कालीमाटी तरकारी र फलफूलको थोक तथा खुद्रा बजारको प्रमुख केन्द्र हो । काठमाडौंका अधिकांश खुद्रा पसलहरुमा यही स्थानबाट तरकारी तथा फलफूलको निर्यात हुन्छ र त्यही तरकारी तथा फलफुल भान्सा–भान्सामा पुग्छ ।
कालीमाटी मुख्यतः थोक बजार भएपनि कालीमाटी बाहिर रहेका खुद्रा पसलहरुले थोरै मात्रामा तरकारी लैजानेहरुलाई पनि बिक्री वितरण गर्ने गरेको थियो ।
तर शुक्रबार मात्रै कालीमाटी बजार विकास समितिले लकडाउनको अवधिभर खुद्रा पसल हटाउने निर्णय लियो । किनभने खुद्रा बजारमा मानिसहरुको भीड जम्मा भएको र त्यसले लकडाउनको उल्लंघन भएको भन्दै समितिले खुद्रा पसल बन्द गराउने निर्णय लियो ।
खुद्रा पसल हटाउने प्रस्ताव सुरुमा महानगरीय प्रहरी वृत्त कालीमाटीले गरेको थियो । तरकारी किन्न आएको भन्दै बिहान र साँझ सर्वसाधरणको भीड जम्मा हुन थालेपछि त्यसले जोखिम निम्त्याएको भन्दै प्रहरीले करिब एक साता पहिले नै यो प्रस्ताव राखेको थियो । त्यसपछि शुक्रबार जनप्रतिनिधि, प्रहरी, सेना र बजार विकास समितिका पदाधिकारीहरुबीच भएको छलफलपछि मात्रै शनिवारबाट खुद्रा तरकारी पसल हटाउने निर्णय भएको थियो ।
महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी रुगम कुँवरका अनुसार मानिसहरु तरकारी किन्ने बाहानाले बाहिर घुम्न निस्कने गरेको र त्यसले समस्या निम्त्याएको भन्दै लकडाउनको अवधिभर खुद्रा पसल हटाउन समितिलाई आग्रह गरिएको थियो । त्यसपछि भएको छलफलले लकडाउनको अवधिभर कालीमाटीको खुद्रा तरकारी पसल बन्द गर्ने निर्णय गरेको हो ।
कालीमाटी प्रहरीका अनुसार मानिसहरुलाई घरमा बस्दा बस्दा वाक्क लागेर हुनसक्छ मानिसहरु दुईवटा कागती, एउटा मुला, अलिकति धनियाँ, हरियो प्याज वा लसुन आदि किन्न पनि बजार आउने गरेका थिए ।
जसका कारण यदि कुनै व्यक्ति संक्रमित भएको अवस्थामा उनले धेरैलाई संक्रमित बनाउन सक्ने जोखिम भएको कारण कालीमाटीको खुद्रा तरकारी बजार बन्द गराउन आग्रह गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण