सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक

सोमबार, २५ जेठ २०८३, १७ : ०१
सोमबार, २५ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँगको बढ्दो सैन्य तनावबारे छलफल गर्न सुरक्षा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
  • इजरायली रक्षा बलका अनुसार इरानले हालसम्म इजरायलतर्फ करिब ३० वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानलाई तत्काल युद्धविराम गर्न आग्रह गरेका छन् ।

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग बढ्दो सैन्य तनावबारे छलफल गर्न सोमबार सुरक्षा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । इजरायली अधिकारीका अनुसार बैठकअघि नेतन्याहूले रक्षा क्षेत्रका उच्च अधिकारीहरू र केही प्रमुख मन्त्रीहरूसँग छुट्टाछुट्टै सुरक्षा परामर्श गरेका थिए । 

यो बैठक इजरायल र इरानबिच पछिल्ला दिनहरूमा भएको प्रत्यक्ष सैन्य आक्रमण र प्रत्याक्रमणको पृष्ठभूमिमा बस्न लागेको हो । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार इरानले हालसम्म इजरायलतर्फ करिब ३० वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । 

यसका साथै यमनस्थित इरान समर्थित हुथी विद्रोहीहरूले पनि इजरायलतर्फ दुईवटा क्षेप्यास्त्र प्रहार गरेका थिए । इजरायलले त्यसको जवाफमा इरानका विभिन्न सैन्य तथा ऊर्जा सम्बन्धी संरचनामाथि हवाई आक्रमण गरेको जनाएको छ ।

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानलाई तत्काल युद्धविराम गर्न आग्रह गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै दुवै पक्षलाई तुरुन्त गोली हानाहान बन्द गर्न र युद्धविराममा सहमत हुन आह्वान गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप